मकवानपुरमा क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु « Khabarhub

मकवानपुरमा क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु


९ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरको हेटौँडा–१५ स्थित रातोमाटेमा हाइड्रा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

आज बिहान पौने ६ बजे रातोमाटेस्थित पूर्व पश्चिम सडकखण्डमा चुरियामाइबाट हेटौँडातर्फ आउँदै गरेको ना१क ६०५५ नम्बरकाे हाइड्रा क्रेन आफैँ अनियन्त्रित भई सडकको छेउमा पल्टिएको थियो । 

घटनामा विश्रामपुर बस्ने वर्ष १८ का सहचालक विपिन महतोको मृत्यु भएको हो । उनलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

क्रेनले च्यापिएको अवस्थामा  भेटिएका उनलाई स्थानीयवासीको सहयोगमा निकालिएको थियो ।

पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका– ३० लालपर्सा बस्ने वर्ष ३० का चालक दशरथ पासवान भने सामान्य घाइते घाइते भएका छन् । 

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार  ९ : १३ बजे

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि