देश बनाउन सबैको संकल्प आवश्यक : उपसभामुख रानामगर « Khabarhub

देश बनाउन सबैको संकल्प आवश्यक : उपसभामुख रानामगर


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दमक– प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले देशलाई समृद्धि र विकासका लागि सबैले एकजुट भएर अघि बढ्नुपर्ने बताएकी छन्। दमकमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देश विकासका लागि दलीय तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अघि बढ्नुपर्ने औँल्याइन् । 

देश निर्माणमा हरेक नागरिकको भूमिका हुनुपर्ने उल्लेख गर्दै उपसभामुख रानामगरले अब पनि देश निर्माणमा ढिलाइ भए सबै नेपाली पछिपर्ने दिन टाढा नभएको बताइन्। देशप्रतिको माया, लगानी हुन सकेमात्र देशमा समृद्धि र परिवर्तन सम्भव हुने भन्दै त्यसका लागि सबैको साझा स्वार्थ हुनुपर्ने उनको भनाइ थियो । 

एक प्रसङ्गमा देशमा भइरहेको राजनीतिक कार्यशैली अपेक्षाकृत सुधार हुन नसकेकोमा उपसभामुख रानामगरको असन्तुष्ट थियो । उनले भनिन्, ‘यो व्यवस्थाले यतिका वर्ष बिते पनि देशमा समग्र सुधार हुन नसक्नु चिन्ताको विषय हो, यसमा सबैको ध्यान जानुपर्छ ।’

गृह जिल्ला झापादेखि काठमाडौँ फर्किने क्रममा उपसभामुख रानामगरले देश निर्माणमा सबै दल, व्यक्ति, नागरिक समाजको साझा राष्ट्रिय संकल्प खाँचो रहेको र त्यसका लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड दिइन्  ।  

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  १ : १३ बजे

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप

बिरामीलाई थाहै नहुने हेपाटाइटिस महामारी के हो ?

काठमाडौँ – हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्वभर ‘विश्व

काँकरभिट्टाबाट गत वर्ष साढे ९ हजार विदेशी पर्यटक भित्रिए

झापा– नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका वस्तुको

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, निर्वाचन आयोगमा प्रस्तावित आयुक्तहरुको सुनुवाइ हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज