देश बनाउन सबैको संकल्प आवश्यक : उपसभामुख रानामगर | Khabarhub Khabarhub

देश बनाउन सबैको संकल्प आवश्यक : उपसभामुख रानामगर


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दमक– प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले देशलाई समृद्धि र विकासका लागि सबैले एकजुट भएर अघि बढ्नुपर्ने बताएकी छन्। दमकमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देश विकासका लागि दलीय तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अघि बढ्नुपर्ने औँल्याइन् । 

देश निर्माणमा हरेक नागरिकको भूमिका हुनुपर्ने उल्लेख गर्दै उपसभामुख रानामगरले अब पनि देश निर्माणमा ढिलाइ भए सबै नेपाली पछिपर्ने दिन टाढा नभएको बताइन्। देशप्रतिको माया, लगानी हुन सकेमात्र देशमा समृद्धि र परिवर्तन सम्भव हुने भन्दै त्यसका लागि सबैको साझा स्वार्थ हुनुपर्ने उनको भनाइ थियो । 

एक प्रसङ्गमा देशमा भइरहेको राजनीतिक कार्यशैली अपेक्षाकृत सुधार हुन नसकेकोमा उपसभामुख रानामगरको असन्तुष्ट थियो । उनले भनिन्, ‘यो व्यवस्थाले यतिका वर्ष बिते पनि देशमा समग्र सुधार हुन नसक्नु चिन्ताको विषय हो, यसमा सबैको ध्यान जानुपर्छ ।’

गृह जिल्ला झापादेखि काठमाडौँ फर्किने क्रममा उपसभामुख रानामगरले देश निर्माणमा सबै दल, व्यक्ति, नागरिक समाजको साझा राष्ट्रिय संकल्प खाँचो रहेको र त्यसका लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड दिइन्  ।  

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  १ : १३ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु