पर्यटकीय क्षेत्र बन्दै चितवनको रानीपोखरी « Khabarhub

पर्यटकीय क्षेत्र बन्दै चितवनको रानीपोखरी


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिका–१९  स्थित रानीपोखरी पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको छ । प्राचीनकालमा निर्माण गरिएको यस पोखरीको संरक्षण र सम्बद्र्धनका लागि सरकारले बजेट विनियोजन समेत गरेको छ ।

 सघन सहरी विकास कार्यालयले रानीपोखरी उद्यान निर्माण र भौतिक संरचना निर्माणका लागि रु चार करोड ५० लाख र पोखरी जाने सडक निर्माणका लागि रु पाँच करोड बिनियोजन गरेको छ । सडक निर्माणको काम सम्पन्न भइसकेको छ भने उद्यान र भौतिक संरचना निर्माण तीव्र रुपमा अघि बढाइएको छ ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउँदै छ ।  महानगरपालिकाभित्रै रहेको रानीपोखरी भ्रमण वर्षका लागि उपयुक्त गन्तव्य बन्ने देखिएको छ । रानीपोखरीमा विभिन्न जनावरका मूर्ति निर्माण, पोखरीकोबिचमा मन्दिर निर्माण, समाजसेवी र विभिन्न व्यक्तिको ढुङ्गामा कुँदिएको सालिक निर्माण लगायतका काम भइरहेका छन् । 

योसँगै पोखरीको संरक्षणका लागि तारबार लगाउने काम भइरहेको जनाइएको छ । स्थानीय वीरबहादुर नेपालीले भने ‘निर्माणकार्य सम्पन्न हुननसक्दा यसको सरसफाइ र रेखदेखमा समस्या भए जस्तो देखिए पनि निर्माण सम्पन्न हुँदा यो आकर्षक बन्ने छ ।’ यस तालमा डुङ्गा चढ्ने, बालबालिकाका लागि नजिकै रहेको उद्यानको रमणीय वातावरणमा भुल्ने हुँदा पर्यटक आउने गर्दछन् । 

तालमा रहेको जलकुम्भीसहितका मिचाहा झार हटाएर यसलाई आकर्षक बनाउन लागिएको उनले बताए । अहिले पनि दैनिक यस तालको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका उनले बताए । रानीपोखरी संरक्षण तथा विकास समितिका अध्यक्ष सुरेन्द्र गुरुङ निर्माणको चरणमा रहेको यस ताल पर्यटकका लागि आकर्षणको केन्द्र विन्दु बन्ने बताए। उनले भने ‘अहिले ताललाई आकर्षक बनाउन लागिएको छ ।’

 उद्यान निर्माण र भौतिक संरचना निर्माणको काम भइरहेको जनाउँदै उहाँले भ्रमणवर्ष अघिनै काम सक्ने गरी निर्माण कम्पनीसँग कुरा भइरहेको उनले बताए । उनका अनुसार मन्दिर निर्माण, तालको आकर्षणको रुपमा विभिन्न जनावरको मूर्ति निर्माण तथा पेटी निर्माणकार्य भइरहेको छ । उनले भने ‘निर्माण सम्पन्न हुँदा पर्यटकका लागि रमणीय र मनमोहकस्थलको रुपमा यसलाई विकास गर्न लागिएको छ । 

भ्रमण वर्षमा यहाँको काम सम्पन्न हुनसके आएका पर्यटकलाई केही समय भए पनि रमणीयस्थलको अवलोकन गराउन सकिने गरी काम अघि बढाउन भनेका छौँ ।’

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  ५ : ०० बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले