कृषि पेसा रुचाउँदैनन् खटिक जातिका युवा « Khabarhub

कृषि पेसा रुचाउँदैनन् खटिक जातिका युवा


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खजुरा– जगदीश खटिक पूर्खाले गर्दै आएको काममै रमाएका छन् । बाँके डुडुवा गाउँपालिका–२ बाबागाउँ निवासी ५५ वर्षीय जगदीश कृषिकर्ममै समय बिताउँ५न् । खेतबारीमै भेटिएका जगदीश पसिनाले निथ्रुक्क हुनुहुन्थ्यो तर पनि उनमा थकान देखिँदैनथ्यो । उहाँसँग धेरै जग्गा पनि छैन । उहाँ मौसमअनुसार धान, गहुँ, मकै, चना, तोरी लगाउँछन् । उनले जानको काम नै खेतीपाती हो । खेतीपातीबाट आएको आर्जन नै परिवार पाल्ने माध्यम हो ।

छोरा सुरेन्द्र खटिक उनकै साथमा रहेका छन्, तर बुवाको काममा भने त्यति सघाउँछन् । बुवाको काम सघाउने त सोच्नु हुन्छ तर उत्साही भएर अघि सर्नुहुन्न । तीस वर्षीय सुरेन्द्र बुवाले अर्‍हाएपछि मात्रै गर्नुहुन्छ । बुवाले खेतीपाती गरिरहेको हेरेर पनि उनले सिक्नुपर्ने हो । तर, अहिले उनले सिकेका छैनन् । काम गर्न मन भए पनि लजाउँछन् उनी ।

सुरेन्द्रलाई त्यो काम गर्ने इच्छा र चाहना पनि छैन । उनलाई यो विश्वास पनि छैन । यत्रो मिहनत गरेर कति आम्दानी हुने हो रु काम गरेर छाक टार्ने बाहेक अरु केही गर्न सकिन्न भने सोच छ, उहाँमा । उहाँका पूर्खाले त्यही काम गर्दै आएका थिए तर अबको पुस्ता भने कृषि कर्म गर्न तयार छैनन् । सुरेन्द्र जस्तै धेरै खटिक युवामा पूर्खाहरूले गरिरहेको काम, सीप सिक्ने उत्सुकता छैन । तर अघिल्लो पुस्ता भने कृषिकर्मसँगै भैँसी, बाख्रापालनमा सक्रिय छन् ।

विशेषतः खटिक जाती बङ्गुर चराउँथे । ढोल बनाउने, बजाउने गर्थे । तर अब अहिले त्यो लोपहुँदैछ । खटिकहरू मधेशी दलितभित्र पर्छन् । खटिक बाँकेका विभिन्न स्थानमा रहे पनि डुडुवा गाउँपालिकामा अलि बेँसी छन् । खटिक डुडुवा–२ बेतहनीमा बसोबास गर्दै आइरहेका छन् ।

यस क्षेत्रमा खटिकहरू चार सयको सङ्ख्यामा रहेको अनुमानमा छ । उनीहरू अल्पसङ्ख्यक जातिको सूचीमा पनि छन् । आयस्रोतको प्रमुख माध्यम कृषि पेसा भए पनि आज भोलिका युवापुस्ताले सो काम छोडेकामा चिन्तित छन्, अगुवा ।

पच्चीस वर्षीय लवकुशलाल खटिक भारतमा काम गर्न जान्छन्। दैनिक मजदुरी गरेरै परिवार पाल्छन् । लवकुशकी दुई बहिनी र एउटी आमा छन्। उनलाई कृषि खेतीमा खासै रुचि छैन । खेतीपाती गर्नका लागि प्रर्याप्त जग्गा जमिन नभएका कारण पनि युवापुस्ता कृषिकर्म गर्न हच्चिएको उनी बताउँछन् । परिश्रम र लगानी फिर्ता हुन्छ कि हुँदैन भन्ने अवस्था भएपछि कृषि पेसा रोज्न उत्साह नभएको हुनसक्ने उनको बुझाइ छ ।

लवकुशका अनुसार भने जस्तो जग्गा नभएका कारण खटिक सुदायलाई खेती गर्न धौधौ भएको छ । कतिपयले जग्गा अधिया लिएर खेती गरिरहेका छन् । खटिक समुदायका ७० प्रतिशतले अहिले पनि खेती नै गर्ने गर्दछन् तर यो सङ्ख्या विस्तारै घट्दै गएको छ । युवालाई कृषिमै निर्भर रहने वातावरण कहीँबाट बनिरहेको छैन । सबैभन्दा नजिकैको सरकारले खटिकहरूलाई हेर्न सकिरहेको छैन । डुडुवा गाउँपालिका–२ का अध्यक्ष दुर्गाप्रसाद बर्माले दलित र विपन्न वर्गलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याउने योजना रहेको बताए। उनले खटिक समुदायको यकिन तथ्यांकन भएको र तथ्यांक संकलन गरी त्यसैका आधारमा युवा लक्षित कार्यक्रम ल्याउने बताए ।

डुडुवा गाउँपालिका कृषि विकास शाखा प्रमुख सुशीलकमाार शर्मा मधेशी दलितअन्तगर्त खटिक रहेका कारण उनीहरूका लागि छुट्टै कार्यक्रम नरहेको बताए। डुडुवा गाउँपालिकाद्वारा दलित परिवारलाई प्राथमिकता दिने भनिए पनि त्यस्तो कार्यक्रम ल्याइएको छैन । खटिक समुदायका लागि भनेर वडास्तरबाट योजना तथा कार्यक्रम गर्न आएकाले पालिकाले स्वयं कार्यक्रम तय गर्न नसकेको शर्माले बताए ।

दलितको क्षेत्रमा कार्यरत दलित महिला सङ्घ बाँकेले दुई वर्षअघि खटिक समुदायका लागि खेती सिँचाइ सविधामा सहयोग गरेको थियो । कृषि शाखा प्रमुख शर्माका अनुसार तरकारी खेती गर्नेलाई सिँचाइ सुविधाका लागि मोटर, पम्पसेट आदि सहयोग गरिएको छ । वडाले युवालाई लक्षित गरेर कार्यक्रम माग भए पालिकाले बजेट छुट्यााउन सक्ने शर्माको भनाइ छ ।

खटिक जस्तै अन्य जातीको पनि डुडुवामा बसोबास रहेको छ । डुडुवामा अति विपन्न जातीको समुदायको बसोबास भएकाले उनीहरुको समग्र विकासका लागि पालिकाले विशेष रणनीति बनाएर कार्यक्रम सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए। उनका अनुसार पालिकाभरि घरधुरी सर्भेक्षणको काम भइरहेकाले त्यसबाट आएको तथ्यां अनुसार कार्यक्रम बनाइनेछ ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  ५ : २१ बजे

सशस्त्र प्रहरीले एक वर्षमा १३ करोडभन्दा बढीको अवैध सामान बरामद

भद्रपुर– सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु १३ करोड बढी

मन्त्रिपरिषद्का ५ निर्णय: सुनसरी र सिरहामा मारिएका चारजना सहिद घोषित, एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने