क्यान्सरको उपचारमा प्रयोग हुने औषधी पाइने आपूर्तिकर्ताको सूची सार्वजनिक  « Khabarhub

क्यान्सरको उपचारमा प्रयोग हुने औषधी पाइने आपूर्तिकर्ताको सूची सार्वजनिक 


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने केही महत्त्वपूर्ण औषधिको बजारमा सीमित उपलब्धता रहेको जनाउँदै बिरामीको उपचारमा सहजता ल्याउन ती औषधि उपलब्ध रहेका स्वास्थ्य संस्था तथा आपूर्तिकर्ताको सूची सार्वजनिक गरेको छ ।

विभागले मंगलबार एक सूचना जारी गर्दै विश्वव्यापी आपूर्ति शृङ्खलामा देखिएको अवरोध लगायत विभिन्न कारणले सिस्प्लेटिन इंजेक्शन र कार्बोप्लाटिन इंजेक्शन जस्ता क्यान्सर उपचारमा प्रयोग हुने औषधिको उपलब्धता प्रभावित भएको जनाएको छ ।

विभागका अनुसार औषधिको नियमित आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकाय, आयातकर्ता तथा सरोकारवालासँग आवश्यक समन्वय भइरहेको छ । हाल औषधि उपलब्ध रहेका स्वास्थ्य संस्था तथा कम्पनीहरूसँग समन्वय गरी बिरामीलाई आवश्यक औषधि उपलब्ध गराउन अनुरोध गरिएको छ ।

सूचनामा नेपालगञ्जस्थित मा जानकी अस्पताल, विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल, बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल, पोखरास्थित विभिन्न औषधि कम्पनी, धरानको पुनम फार्मेसी, भरतपुरको राज ड्रग प्रालि तथा काठमाडौंका ताज नेपाल,  फार्मास्युटिकल्स, सिजल फार्म र अनमोल हेल्थ केयर लगायत संस्थामा उक्त औषधि उपलब्ध रहेको उल्लेख गरिएको छ ।

विभागले सम्बन्धित स्वास्थ्य संस्थालाई औषधिको मौज्दात तथा वितरणको स्पष्ट अभिलेख राख्न पनि निर्देशन दिएको छ । साथै औषधि प्राप्त गर्न आवश्यक परे सम्बन्धित संस्थाका सम्पर्क व्यक्तिसँग समन्वय गर्न र थप जानकारीका लागि विभागमा सम्पर्क गर्न सकिने जनाएको छ ।

क्यान्सर उपचारका लागि अत्यावश्यक मानिने यी औषधिको आपूर्ति प्रभावित हुँदा बिरामी तथा अस्पतालहरूमा चिन्ता बढिरहेका बेला विभागले उपलब्ध स्रोतको विवरण सार्वजनिक गर्दै उपचारमा निरन्तरता दिन पहल गरेको हो ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ११ : ४२ बजे

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व

यस्तो छ मधेश प्रदेशको बजेट (पूर्णपाठ)

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब