नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम निरन्तर « Khabarhub

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम निरन्तर


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आश्विन शुक्ल द्वादशीका दिन आज नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल जारी छ ।

 घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमामा अखिलबलिपूर्तिका दिनसम्म जारी रहन्छ । पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नरहेको बताउँछन्। कात्तिक १० गते शुक्रबार अलिखबलिपूर्ति गर्नुपर्ने समितिले जनाएको छ ।

शास्त्रीयरुपमा अखिलबलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्न मिल्ने भएपनि लोक व्यवहारमा भने घरमा आएका नातेदारलाई कोजाग्रत पूर्णिमाकै दिनसम्म यो क्रमले निरन्तरता पाउने गरेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  ६ : ०५ बजे

एक हजार ८०० मिटर सडक आठ वर्षदेखि अलपत्र

राँझा– बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चार लेन

लगनखेलमा नेशनल ग्यास्ट्रो लिभर सेन्टर सञ्चालनमा  

काठमाडौंं– लगनखेलस्थित सञ्चयकोष भवनको दोस्रो तलामा नेशनल ग्यास्ट्रो लिभर सेन्टर

महानगरको पूर्वाधार एम्बुलेन्स डेमो योजनामै सीमित 

काठमाडौं–  देशको राजधानी काठमाडौंका सडकमा असङ्ख्य खाल्डाखुल्डी छिचोल्दै गन्तव्यसम्म पुग्नुपर्ने सवारी

जेन-जी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र

चितवन– गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा

तुलसीपुर औद्योगिक ग्राममा संरचना बन्दै

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित औद्योगिकग्राम निर्माणाधीन क्षेत्रमा संरचना बन्न