अभिनयबाट लामो ब्रेक लिँदै रणवीर कपुर | Khabarhub Khabarhub

अभिनयबाट लामो ब्रेक लिँदै रणवीर कपुर


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18.3k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- बलिउड अभिनेता रणवीर कपुरले अब अभिनयबाट लामो ब्रेक लिने भएका छन् । यस समयमा उनले छोरी राहासँग पूर्ण समय बिताउनेछन् ।

आलिया आगामी दिनमा फिल्म जिगराको सुटिङमा व्यस्त हुने भएकाले उनले यो निर्णय लिएका हुन् । यसैलाई ध्यानमा राखेर रणवीरले यो निर्णय लिएका हुन् ।

हालै रणवीरले जूम सेसन मार्फत आफ्ना फ्यानहरूसँग भेट गरेका थिए । सो क्रममा उनले आफ्नो भावी योजनाका बारेमा कुरा गरे । अब ५–६ महिना घरमै बस्ने उनले बताए ।

यतिबेला उनको सम्पूर्ण ध्यान राहामा मात्र केन्द्रित हुनेछ । राहाको जन्म हुँदा उनी एनिमलको सुटिङमा व्यस्त थिए । जसका कारण उनले छोरीसँग गुणस्तरीय समय बिताउन सकेनन् । उनी अहिले पितृत्व बिदा चाहन्छन् किनभने राहा अहिले निकै भावुक बनेकी छन् ।

रणवीरले थप भने, ‘राहा बामे सरिरहेकी छिन् । उसले मानिसहरूलाई चिन्दै छ। धेरै माया दिइरहेकी छिन् । उनी पनि पा र मा जस्ता शब्द बोल्न खोज्छिन् । यो उनको वरिपरि भएको सबैभन्दा सुन्दर समय थियो र म यसलाई सधैं सम्झनेछु।’

रणवीरले पत्नी आलिया आगामी दिनमा फिल्म जिगराको सुटिङमा व्यस्त रहेको बताए । जसका कारण उनले यस अवधिमा राहाको हेरचाह गर्नेछन् । उनले अब छिट्टै राहाको पहिलो जन्मदिन आउँदै गरेको र त्यसका लागि आफन्त र साथीभाइसँग सानोतिनो उत्सव मनाउने पनि बताए ।

स्रोत- एएनआई

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  १० : १० बजे

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान