ऐँठन के हो ? किन हुन्छ ? | Khabarhub Khabarhub

ऐँठन के हो ? किन हुन्छ ?


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

निद्राकाे समयमा शरीरमा गह्रौँ वस्तुले थिचेजस्तो महसुस हुनुलाई साधारण बोलीचालीको भाषामा  ऐँठन भनिन्छ ।

अर्थात निद्रित अवस्था वा सपनामा रक्तसञ्चार वा श्वासको गतिमा कुनै कारणवश व्यवधान भएमा हुने कष्ट वा छटपटीलाई ऐँठन भनिन्छ ।

विशेष गरी उत्तानो परेर सुतेको समयमा ऐँठन हुने गर्छ । ऐँठन भएको बेलामा कोही डरलाग्दो मान्छेले थिचे जस्तो, कसैले समाते जस्तो, छातीमा कोही बसे जस्तो हुन्छ त्यसको  प्रतिकार गर्न खोज्दा हात खुट्टा नचल्ने र आवाज पनि नआउने हुन्छ ।

चिकित्सकीय भाषामा शरीरमा अक्सिजनको मात्रा कम हुँदा अनिद्रा, उत्तानो परेर सुत्ने बानी, नशालु पदार्थ खाएर सुत्दा ऐँठन हुने सम्भावना बढी हुन्छ ।

यस्तो समस्यालाई  ‘स्लिपिङ प्यारालाइसिस’ भनिने चिकित्सकहरू बताउँछन् । यस्तो बेलामा निसास्सिने, पसिना आउने हुन्छ ।

यो समस्या समाधानका लागि मोबाइल चलाउने, चर्को गीत बजाएर सुत्ने वा निद्रालाई बाधा पुग्ने कामहरू गर्नु हुँदैन ।

सुत्ने र उठ्ने तालिका एकनास हुनुपर्छ । यसका साथै सुत्ने ओछ्‌यान पनि सहज हुनुपर्छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ६ : ३३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’