तन्नेरी पुस्तामा आँखाको नानीदेखि गोप्य अंगसम्म ट्याटु क्रेज | Khabarhub Khabarhub

तन्नेरी पुस्तामा आँखाको नानीदेखि गोप्य अंगसम्म ट्याटु क्रेज

ओझेलमा परम्परागत ट्याटु



तपाईं हामीले कलाकार, खेलाडी वा सेलिब्रेटीले शरीरका विभिन्न अङ्गमा कलात्मक चित्र, शब्द वा आकृति बनाएको देखेका छौँ। तपाईं हामीमध्ये कतिपयले आफैँले पनि आफ्ना आमाबाबु, देवीदेवता, मनपर्ने वस्तु वा व्यक्तिको नाम, आकृति अथवा कुनै कलात्मक चित्र बनाएको हुनुपर्छ। यसैलाई ‘ट्याटु’ भनिन्छ। आजकल त ट्याटु खोप्ने एक किसिमको फेसन वा सोख नै बनेको छ। खासगरी तन्नेरी पुस्तामा ट्याटुको क्रेज धेरै नै छ। यही भएर होला, ठूला सहरमा ट्याटु खोपाउने पसल बग्रेल्ती खुलेका छन्।

नायक अनमोल केसीले नाडीमा खोपेको ड्रागनको ट्याटु । तस्बिर- उनकै फेसबुकबाट

शरीरमा खोपिएका ट्याटु हेर्दा जति कलात्मक र सुन्दर देखिन्छ, शरीरमा ट्याटु बनाउनु उत्तिकै पीडादायी हुन्छ। ट्याटु बनाउँदा तीखो वस्तुले छालामा खोपेर रंग पोतिन्छ। यसरी तीखो वस्तुले छालामा खोप्दा औधी पीडा हुने ट्याटु खोपाएका अनुभवीहरु बताउँछन्। ट्याटु खोप्दा छाला पूरा निको हुन एक दुई सातादेखि एक महिनासम्म लाग्छ। छालाको संवेदनशीलता, रंगको रसायन, ट्याटु खोप्ने वस्तुको तीखोपन, ट्याटु खोप्ने मान्छेको निपूर्णताजस्ता आधारमा यो निको हुन ६ महिनासम्म लाग्ने बताइन्छ। तर, यस्तो पीडा हुँदा पनि किन ट्याटु खोप्न मानिस लालायित भइरहेका छन् त ?

शरीरमा खोपिएका ट्याटु हेर्दा जति कलात्मक र सुन्दर देखिन्छ, शरीरमा ट्याटु बनाउनु उत्तिकै पीडादायी हुन्छ। ट्याटु बनाउँदा तीखो वस्तुले छालामा खोपेर रंग पोतिन्छ। यसरी तीखो वस्तुले छालामा खोप्दा औधी पीडा हुने ट्याटु खोपाएका अनुभवीहरु बताउँछन्।

कोही कला, धार्मिक, प्रेम, रुचिजस्ता भावदेखाउन र कोही सोखका लागि ट्याटु खोपाउन सक्रिय हुने गरेका छन्। कसैप्रति प्रेम वा मोह देखाउन अथवा आफ्नो शरीर अरुभन्दा भिन्न पहिचान दिनसमेत ट्याटु खोप्ने चलन छ। खासगरी सहरी युवापुस्ताले हात, पाखुरा, नितम्ब, छाती, पिँडुला र आँखाको नानीदेखि शरीरका गोप्य अंगमासमेत ट्याटु खोपेको पाइन्छ। कसैले अनुहार, नङ् शरीरको खाली ठाउँसमेत नराखी ट्याटु खोप्ने गरेका छन्।

हिप्पीहरुले सन् १९६० र १९७० को दशकमा ट्याटु संस्कृतिलाई नेपालमा फेसनका रुपमा भित्र्याएका थिए ।

यद्यपि नेपालकै थारु महिलाहरुले पाखुरामा आफ्नो र आफ्नो श्रीमानको नाम खोपाउने चलन छ । त्यसबाहेक नेवार, तामाङ, मगरलगायतका समुदायमा परम्परादेखि नै ट्याटु खोप्ने संस्कृति छ।

ट्याटुको इतिहास

आजभन्दा १२ हजार वर्षपूर्व पाषाण युगमै जापानीहरुले ट्याटु खोप्ने गरेको एकथरी इतिहासकाहरु दाबी गर्छन्। जापानी टापुहरुमा फेला परेका पुरातात्विक प्रतिमाको अनुहार र शरीरका अन्य भागमा विशिष्ट आकृति र रंग पोतिएको देखिन्छ। केही पुरातत्वविदहरुको मतमा त्यही नै ट्याटुको अस्तित्वको आधार हो। यद्यपि यस दाबीलाई सबै इतिहासकार र पुरातत्वविद्हरुले स्वीकार गरेको पाइँदैन।

इटाली र अस्ट्रियाको सीमामा पर्ने आल्पस् पर्वतमालामा सन् १९९१ मा फेला परेको झण्डै पाँच हजार तीन सय वर्ष पुरानो ओट्जी हिममानव (ओट्जी द आइसम्यान) नामक मानव शरीरमा ट्याटुको निशान फेला परेको छ। यस मानवको शरीरमा विभिन्न ६१ ट्याटु फेला परेको थियो। यसलाई हालसम्म फेला परेको सबैभन्दा पुरानो ट्याटुको रुपमा लिइन्छ।

आजभन्दा १२ हजार वर्षपूर्व पाषाण युगमै जापानीहरुले ट्याटु खोप्ने गरेको एकथरी इतिहासकाहरु दाबी गर्छन्। जापानी टापुहरुमा फेला परेका पुरातात्विक प्रतिमाको अनुहार र शरीरका अन्य भागमा विशिष्ट आकृति र रंग पोतिएको देखिन्छ। केही पुरातत्वविदहरुको मतमा त्यही नै ट्याटुको अस्तित्वको आधार हो।

त्यसबाहेक प्रचीन मिश्रको मध्य अधिराज्यकाल (२१६०-१९९४ ईसापूर्व) निर्मित मम्मीहरुमा पनि ट्याटुको निशान देख्न सकिन्छ। त्यसैगरी आठौँदेखि छैटौ शताब्दी ईसापूर्व आसपास रोमन एवम् युनानीहरुले ट्याटुलाई बर्बर जातिको पहिचानका रुपमा लिन्थे। रोमन र युनानीहरुका लागि सेल्टिक र जर्मन जाति शरीरमा खोपिएका डरलाग्दा ट्याटुका लागि चर्चित थिए।

पाँचौ शताब्दी ईसापूर्व आसपास युनानीहरुले फारसीहरुबाट ट्याटु खोप्न सिकेको बताइन्छ। त्यसबेला फारसीहरुले दास र अपराधीको पहिचानका लागि ट्याटु खोप्ने गरेका थिए। पछि रोमनहरुले युनानीहरुबाट ट्याटु खोप्न सिके। त्यसबाहेक एसियाली महादेश, हिन्द महासागरमा रहेका टापु, अमेरिकी महादेश र अफ्रिकाका आदिवासीले सांस्कृतिक पहिचानकै रुपमा ट्याटु खोप्दै आएका छन्।

ओट्जी हिममानवको शरीरमा खोपिएका ट्याटुहरु । तस्बिर- दक्षिण टिरोलको पुरातत्व संग्रहालय

ईसापूर्व ४५० तिर इतिहासका पिता हेरोडोट्स लेख्छन्, ‘सिदियन र थ्रेसियन जातिमाझ ट्याटु कुलीनताको प्रतिक हो र यो नहुनु तल्लो जन्मको निशान हो।’

बेलायती प्रकृतिशास्त्री चार्ल्स डार्बिनले सन् १८७१ मा लेखेको ‘द डिसेन्ट अफ म्यान’ नामक पुस्तकमा संसारको हरेक मुलुकमा बसोबास गर्ने मानव जातिले परापूर्वकालदेखि नै ट्याटु खोप्ने वा अन्य स्थायी प्रकृतिको शारीरिक सजावट गर्ने गरेको दाबी गरेका छन्।

पाँचौ शताब्दी ईसापूर्व आसपास युनानीहरुले फारसीहरुबाट ट्याटु खोप्न सिकेको बताइन्छ। त्यसबेला फारसीहरुले दास र अपराधीको पहिचानका लागि ट्याटु खोप्ने गरेका थिए। पछि रोमनहरुले युनानीहरुबाट ट्याटु खोप्न सिके।

१८ औँ शताब्दीमा जर्मन खोजकर्ता एवम् जातिविद् कार्ल भोन डेन स्टाइननले दक्षिण अमेरिकी महादेशका आदिवासीमाझ शरीरमा लागेको दाग मेटाउन ट्याटु खोप्ने चलन सुरु भएको दाबी गरेका छन्। उनका अनुसार बगेको रगत रोक्नका लागि दक्षिण अमेरिकी आदिवासीले चोट लागेको स्थानमा वनस्पतिको अवयव दल्ने गरेको र त्यसैबाट दक्षिण अमेरिकी आदिवासीको शरीरमा ट्याटु बन्ने गरेको बताइन्छ।

स्कटिश मिसिनरी डेभिड लिभिङस्टोनले सन् १८५७ मा लेखेको पुस्तक ‘मिसिनरी ट्राभल्स एण्ड रिसर्च इन साउथ अफ्रिका’ नामक पुस्तकमा अफ्रिकीहरुले कालो पदार्थ आफ्नो छालामुनी राख्ने गरेको र यसैबाट अफ्रिकीहरुको शरीरमा ट्याटु बन्ने गरेको दाबी गरेका छन्।

अनुहारमा परम्परागत माओरी ट्याटु खोपाएकी न्यूजिल्याण्डकी पूर्वविदेशमन्त्री नानिया महुता । तस्बिर- उनैको फेसबुकबाट

इतिहासकार ट्याटु बनाउने चलन सुरुमा एउटा सभ्यताले आविष्कार गरेको र पछि सबै सभ्यतामा विस्तार भएको भन्ने सिद्धान्तलाई अस्वीकार गर्छन्। ट्याटु खोप्ने चलन विभिन्न संस्कृतिमा आ–आफ्नै सामाजिक अनुकूलताका कारणबाट सुरु भएको हो।

१८ औँ शताब्दीमा जर्मन खोजकर्ता एवम् जातिविद् कार्ल भोन डेन स्टाइननले दक्षिण अमेरिकी महादेशका आदिवासीमाझ शरीरमा लागेको दाग मेटाउन ट्याटु खोप्ने चलन सुरु भएको दाबी गरेका छन्।

दक्षिणी हिन्द महासागरमा बसोबास गर्ने जातिहरु खासगरी न्यूजिल्याण्डका माओरीहरु अनुहारसहित शरीरका विभिन्न अंगमा खोपिएका कलात्मक ट्याटुका लागि अझै चर्चित छन्। युद्ध समयमा दुश्मनलाई डर देखाउन उनीहरुले ट्याटु खोपाउने गरेका छन्।

खोजको युग ‘एज अफ डिस्कभरी’का समयमा युरोपेली नाविक र खोजकर्ताले विश्वको विभिन्न भूभागको भ्रमण गरी विश्वभरका ट्याटु संस्कृतिबारे जानकारी प्राप्त गरेका थिए।

त्यससँगै युरोपमा पनि ट्याटु संस्कृति मूलधारमा आउन थालेको मान्यता छ। त्यसैगरी, अफ्रिकाबाट अमेरिकी महादेशतर्फ दासहरु लैजाँदा अफ्रिकी ट्याटु संस्कृतिलाई दासहरुले अमेरिकी महादेशमा पुर्याएका थिए।

१८६८ मा सम्राट मेजीले शक्ति आफूमा केन्द्रित गरेपछि पनि जापानमा ट्याटु खोप्ने चलन कायमै रहेको देखिन्छ। १९ औँ शताब्दीको अन्त्यतिर अध्ययनका लागि जापानमा रहँदा रुसी साम्राज्यका अन्तिम जार निकोलस द्वितीयले पनि इरेजुमी ट्याटु खोपेको बताइन्छ।

जापानमा भने इडो काल (सन् १६०३ देखि १८६८) मा ‘इरेजुमी’ भनिने विशिष्ट किसिमको ट्याटु खोप्ने प्रचलन कला कै रुपमा विकास भएको थियो। १८६८ मा सम्राट मेजीले शक्ति आफूमा केन्द्रित गरेपछि पनि जापानमा ट्याटु खोप्ने चलन कायमै रहेको देखिन्छ। १९ औँ शताब्दीको अन्त्यतिर अध्ययनका लागि जापानमा रहँदा रुसी साम्राज्यका अन्तिम जार निकोलस द्वितीयले पनि इरेजुमी ट्याटु खोपेको बताइन्छ।

ट्याटु र अपराध

आधुनिक रुपमा ट्याटु खोप्ने चलन चाहिँ अपराधीलाई पहिचान दिनका लागि सुरु भएको ठानिन्छ। बेलायतले सन् १७८७ देखि सन् १८६७ सम्म अस्ट्रेलियामा अपराधीलाई ठेगान लगाउँदा पहिचानका लागि ट्याटु खोपिदिने चलन थियो। पछि अस्ट्रेलियामा बस्न पुगेका बेलायती अपराधीले विद्रोह दर्शाउन ती ट्याटु परिवर्तन समेत गर्ने गरेका थिए।

एल साल्भाडोरको जेलमा शरीरभरी ट्याटु खोपेका एक कैदी । तस्बिर- रोयटर्स

अहिले आपराधिक गिरोहले आफ्ना सदस्यको पहिचान गर्न ट्याटु खोप्ने गरेका छन्। जापानका याकुजा भनिने आपराधिक गिरोह शरीरभर खोपिएका ट्याटुका कारण कुख्यात छन्। याकुजा र ट्याटुको सम्बन्धका कारण अहिले पछिल्लो समय जापानमा ट्याटुलाई नकारात्मक दृष्टिले हेर्ने गरेको पाइन्छ। यस कारण जापानमा इरेजुमी भनिने ट्याटुको प्रचलन घट्दै गएको छ।

अहिले आपराधिक गिरोहले आफ्ना सदस्यको पहिचान गर्न ट्याटु खोप्ने गरेका छन्। जापानका याकुजा भनिने आपराधिक गिरोह शरीरभर खोपिएका ट्याटुका कारण कुख्यात छन्।

रुसी, अमेरिकी, मेक्सिकन, ब्राजिलियन, इटालियन, अन्य ल्याटिन अमेरिकी देशका जेलमा रहेका कैदीहरुले जेलमै खोप्ने ट्याटुको पनि छुट्टै पहिचान छ। उनीहरु मसीको रुपमा आफ्नै पिसाब र जुत्ताबाट कालो रंग निकालेर जेलमै भेटिने तीखो वस्तुले खोपेर ट्याटु बनाउँछन्। त्यही भएर अधिकांश कैदीको ट्याटु कालो रंगको हुन्छ।

याकुजा सदस्यको शरीरमा खोपिएको कलात्मक इरेजुमी ट्याटु । तस्बिर- राटट्याटु

‘काउन्टर कल्चर’

आधुनिक ट्याटु संस्कृतिलाई मूलधारमा ल्याउने जस भने १९६० को आसपास देखा परेको ‘काउन्टर कल्चर’ भनिने सांस्कृतिक परिवर्तनलाई जान्छ। मूलधारको संस्कृतिविरुद्ध विद्रोह गरी लागूऔषध, रक एण्ड रोल संगीत, ट्याटु संस्कृति, नौलो साहित्यजस्ता क्षेत्रतर्फ त्यसबेलाका युवाहरु आकर्षित भएका थिए। यही सांस्कृतिक परिवर्तनले आधुनिक ट्याटु संस्कृतिलाई मूलधारमा ल्याउन मद्दत गरेको मानिन्छ।

पश्चिमा जीवनशैली र संस्कृतिबाट विरक्तिएका हिप्पी युवाले नेपालसहित पूर्वी एसियाको भ्रमण गरी ट्याटु संस्कृतिलाई यता पनि ल्याइपुर्याए।

विश्वभर अमेरिकी सञ्चार माध्यमको प्रभाव, अमेरिकी जीवनशैली र संस्कृतिको प्रचारले गर्दा ट्याटु संस्कृति पनि सोख वा फेसनका रुपमा युरोप र विश्वका अन्य भूभागमा फैलियो। त्यसबेला पश्चिमा जीवनशैली र संस्कृतिबाट विरक्तिएका हिप्पी युवाले नेपालसहित पूर्वी एसियाको भ्रमण गरी ट्याटु संस्कृतिलाई यता पनि ल्याइपुर्याए।

बार्सिलोनाका पूर्वखेलाडीहरु जेरार्ड पिके र लियोनल मेस्सीको ट्याटु । तस्बिर- मेस्सीको फेसबुकबाट

हराउँदै परम्परागत ट्याटु

यता फेसन वा सोखका रुपमा ट्याटुको विस्तार जति भइरहेको छ, अर्कोतर्फ संस्कृति वा मौलिक पहिचानका रुपमा ट्याटु खोप्ने चलन उत्तिकै घट्दो छ। नेपालमै पनि परम्परागत रुपमा ट्याटु खोप्ने जातिमा यो संस्कृति घट्दै गएको पाइन्छ।

फिलिपिन्सको बुस्कालानमा यस्तो ‘बाटोक’ बनाउन सिपालु एक जना बूढी आमै मात्र बाँकी छन्। उनी पनि १०७ वर्ष पुगिसकिन्। उनको शेषसँगै फिलिपिन्सको कलात्मक ट्याटु बनाउने विधि लोप हुने अवस्थामा पुगेको छ।

फिलिपिन्सका केही जातिहरुमा पनि परम्परागत रुपमा ट्याटु खोप्ने चलन रहँदै आएको छ। त्यहाँको ट्याटु बनाउने परम्परागत ‘बाटोक’ विधि लोप हुने संघारमा पुगेको छ। यस्तो विधिमा लामो छिनोमा घन हाने जसरी लामो लौरोको टुप्पोमा सियो राखेर माथिबाट भारी वस्तुले हिर्काएर ट्याटु बनाइन्छ। यसमा रंगका लागि कोइलाको प्रयोग हुन्छ। फिलिपिन्सको बुस्कालानमा यस्तो ‘बाटोक’ बनाउन सिपालु ह्वाङ ओद नाम गरेकी एक जना बूढी आमै मात्र बाँकी छन्। उनी पनि १०७ वर्ष पुगिसकिन्। उनको शेषसँगै फिलिपिन्सको कलात्मक ट्याटु बनाउने विधि लोप हुने अवस्थामा पुगेको छ।

परम्परागत फिलिपिनी ट्याटु खोप्दै १०७ वर्षीया ह्वाङ ओड । तस्बिर- फिलिपिनी स्टार

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  २ : ३७ बजे

परराष्ट्रमन्त्रीसँग गणतन्त्र कोरियाका राजदूत पार्कको भेट

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत

अर्थसंक्षेप : सहकारीपीडितको बचत फिर्ता गर्ने प्रधानमन्त्रीको वाचा, कैलालीका तीन सय उद्योग बन्द

काठमाडौं – काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा गरिरहेको फटपाथ विस्तार कार्यलाई

साङ्ग्रिला होटलका संस्थापक श्यामबहादुर पाण्डेको निधन

काठमाडौं– साङ्ग्रिला होटलका संस्थापक तथा वरिष्ठ पर्यटन व्यवसायी श्यामबहादुर पाण्डेको

पाकिस्तानको बलुचिस्तानमा हैजाको प्रकोप

काठमाडौँ– पाकिस्तानको बलुचिस्तानमा हैजाको प्रकोप देखिएको छ । बलोचिस्तानको दिर

मंगोलिया र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास सम्पन्न

काठमाडौँ– मंगोलिया र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको