राप्रपा फुटको संघारमा, कार्यकर्तालाई एकजुट हुन तीन पूर्वअध्यक्षको अपिल « Khabarhub

राप्रपा फुटको संघारमा, कार्यकर्तालाई एकजुट हुन तीन पूर्वअध्यक्षको अपिल


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको आन्तरिक असन्तुष्टि र विवादका बीच पार्टीका तीन पूर्वअध्यक्षहरूले पार्टीको भविष्य उज्ज्वल रहेको भन्दै कार्यकर्तालाई एकजुट रहन आग्रह गरेका छन् ।

राप्रपाका पूर्वअध्यक्षहरू पशुपति शमशेर राणा, प्रकाश चन्द्र लोहनी र कमल थापाले शनिबार संयुक्त वक्तव्य जारी गर्दै पार्टी संगठनलाई थप सुदृढ बनाउँदै अघि बढ्न कार्यकर्तालाई आह्वान गरेका हुन् ।

वक्तव्यमा उनीहरूले हालको परिस्थितिबाट विचलित नभई संगठन निर्माणमा सक्रिय हुन आग्रह गर्दै कुनै पनि ‘आत्मघाती कदम’ नचाल्न विशेष अनुरोध गरेका छन् । साथै, आगामी महाधिवेशनमार्फत पार्टीभित्रका समस्या, विकृति र चुनौतीहरूको समाधान हुने विश्वास व्यक्त गरिएको छ।

पूर्वअध्यक्षहरूले हालैको निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि उचित रणनीति र एकताका साथ अघि बढे छोटो समयमै पार्टीले उल्लेखनीय सफलता हासिल गर्न सक्ने दाबी गरेका छन् । उनीहरूले हिन्दूराष्ट्र र राजसंस्थाको पुनर्स्थापनासहित पार्टीको मूल एजेन्डा अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता पनि दोहोर्याएका छन् ।

आगामी जेठ अन्तिम साता बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट महाधिवेशनको मिति तय गरिने तयारी भइरहेको जनाइएको छ।

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  ९ : १४ बजे

ग्रीन आर्मीको स्पष्टीकरण : खारेज भएको होइन, निरन्तर सक्रिय छौँ

काठमाडौं- ग्रीन आर्मी नेपालले संस्था खारेज भएको भन्ने समाचार तथा

ताँदी नदीमा बेलीब्रिज जडान जारी

नुवाकोट– नुवाकोटको देवीघाट बजारको ताँदी नदीमा बेलीब्रिज जडान सुरु भएको

बाढीमा ज्यान गुमाएकाको सम्झनामा भिक्षुको प्रार्थना (तस्बिरहरू)

नुवाकोट– भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा ज्यान

यस्तो छ सरकारको भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई विशेष पुनरुत्थान प्याकेज

काठमाडौं– भदौ १० गते भोटेकोशीमा आएको बाढीको कारणले हजारौँ नागरिकको

इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

तेहरान- पश्चिमी इरानमा शनिबार भएको सडक दुर्घटनापछि इन्धन बोकेको ट्यांकर