द्रुत बससेवा आजबाट पुनः सञ्चालन, ३–३ मिनेटको अन्तरमा छुट्ने « Khabarhub

द्रुत बससेवा आजबाट पुनः सञ्चालन, ३–३ मिनेटको अन्तरमा छुट्ने


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले सञ्चालन गरेको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आएकाे छ । गत असोज ३ गते संविधान दिवसका दिन सुरु भएर कात्तिक ४ गतेबाट बन्द भएको सेवा पुनः सुरु भएको हो ।

यसअघि २५ वटा बसले सेवा दिएकोमा आजबाट ११ वटा थपेर ३६ पुर्‍याइएको छ । द्रुत बस सेवालाई थप प्रभावकारी बनाउन बसहरू थपिएको र समय तालिकामा पनि केही संशोधन गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

द्रुत बस बिहान ८ देखि साढे १० र दिउँसो ३ देखि साढे ५ बजेसम्म चल्ने छन् । बस तीन–तीन मिनेटको अन्तरमा छट्दै रत्नपार्कदेखि सूर्यविनायकसम्म ओहोरदोहोर गर्नेछन् ।

यसअघि द्रुत बस बिहान ९ देखि ११ बजेसम्म तथा अपराह्न ४ देखि साँझ ६ बजेसम्म ५–५ मिनेटको अन्तरमा छुट्ने व्यवस्था थियो ।

 

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  १० : १५ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित