कमल थापाले बोलाए कार्यसम्पादन समिति बैठक « Khabarhub

कमल थापाले बोलाए कार्यसम्पादन समिति बैठक


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको कार्य सम्पादन समितिको बैठक भोलि बिहान आठ बजे बस्ने भएको छ । पछिल्लो राजनितीक घटनाक्रम , पार्टीको योजना र आगामी कार्यक्रम बारे छलफल गर्न भोलि बिहान बैठक डाकिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

‘काठमाडौंमा उपलब्ध कार्य सम्पादन समितिका सदस्यहरुलाई सचिवालय मार्फत खबर गरिएको छ, उपत्यका बाहिरका पनि अनुकुल हुने उपस्थित हुनुहुनेछ’ बर्तौलाले भने । उनका अनुसार पछिल्लो समय भएको आन्दोलन, व्यवस्था र नेतृत्व तह प्रती देखिएको जनताको वितृष्णा र आक्रोश , मुलुकको अवस्थाका बारेमा महत्वपूर्ण छलफल भइ पार्टीले नयाँ रणनीति अख्तियार गर्नेछ । गृह जिल्ला हेटौंडामा रहेका थापा बैठकका निमित्त भनि काठमाडौं आइपुगिसकेका छन् । थापाले पार्टीले अबलम्बन गर्ने निति, सिद्धान्त, एजेन्डाको पक्षमा जसले आवाज उठाए आन्दोलन गरे पनि नैतिक समर्थन हुने स्पष्ट पारेका थिए ।

दुर्गा प्रसाईंको आन्दोलनमा प्रहरी दमनको थापाले बिरोध गरेका छन् भने जनआवाजलाई नजरअन्दाज नगर्न र गम्भिरतापूर्वक लिन सत्तासिन दलहरुलाई आग्रह गरेका थिए । केही दल र नेताहरुले राजाको विरोध गरेकोमा थापाले असन्तुष्टि व्यक्त गर्दै यो राजसंस्था प्रतिको आकर्षणका विरुद्ध गणतान्त्रिक नेताहरुको बर्बराहट भन्ने टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  १ : २१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु