दुई शवको पहिचान हुन सकेन « Khabarhub

दुई शवको पहिचान हुन सकेन


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

भरतपुर- चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोकमा मृत भेटिएका दुई व्यक्तिको शवको अझै पहिचान हुन सकेको छैन । यही मङ्सिर ६ गते बुधबार दिनको १२ बजे मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्ग सडक खण्डको कल्भटमुनि शङ्कास्पद रुपमा एक महिला र एक पुरुषको शव भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार ७७ वटै जिल्लालगायत सीमावर्ती भारतीय जिल्लामासमेत हुलिया परिपत्र गर्दा मृतकको सनाखत हुन नसकेको हो ।

सनाखत हुननसकेका शव कल्भटमुनि दुईवटा बोरामा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो । शव पोस्टमाटमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  २ : ४२ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको