अलैंची उत्पादनमा उत्साही किसानलाई दलालको त्रास « Khabarhub

अलैंची उत्पादनमा उत्साही किसानलाई दलालको त्रास



खोल्सामा सुन फल्छ भन्ने सुन्दा धेरैलाई गफाडीको गफ लाग्न सक्छ । कसैलाई त लाग्ला सुनको रंग कलेजी हुन्छ र ? हो यहाँको भूगोलमा रहेका बहुआयामिक गर्भभित्र अनेकानेक पत्र भेटिन्छन । कर्णालीका खोलामा बग्ने पानीले सेतो सुनको भूमिका निर्वाह गरेको छ । त्यसभन्दा माथिका हिमाली पाटनमा यार्सागुम्बाको साम्राज्य छ । पहाडी भूभागमा भने नगदे कृषि उपजका रुपमा अलैंची खेतीको बाहुल्य देखिन्छ ।

देशका ४६ जिल्लाका १५ हजार हेक्टरमा अलैंची खेती हुँदै आएको छ, जहाँ वार्षिक ८ हजार टन हाराहारी अलैंची उत्पादन हुने गरेको सरकारी तथ्यांक छ । अलैंची खेतीमा ८० हजार बढी परिवारको संलग्नता छ । अलैंचीको प्रमुख हब कोशी प्रदेश मानिन्छ । त्यसबाहेक छिटफुट देशका सबैजसो पहाडी भेगमा खेती हुन थालेको छ ।

आजभोलि पहाडी भेगमा अलैचीं मानिसको आम्दानीको महत्वपूर्ण श्रोत बनेको छ, जसको माग देश तथा विदेशमा दिनानुदिन बढिरहेको छ । अन्य बालीनाली लगाउन नसकिने भिरालो जमिन खोल्सा खाल्सी र जंगली भेगमा पनि यो खेती गर्न सकिने र थोरै लगानीमा धेरै आम्दानी हुने भएकाले किसानहरु अलैंची उत्पादनमा आकर्षित भएका हुन् । नेपालले विश्वबजारमा अलैंची उत्पादनको ५२ प्रतिशत हिस्सा ओगटेको छ । भारत ३७ र भुटानले ११ प्रतिशत उत्पादन गर्दै आएका छन्।

एसियाली मुलुकमध्ये नेपालले आधा बढी अंश ओगटेपनि यसको बजार भारतबाहेक अन्य मुलुकमा विस्तार हुन सकेको छैन । नेपालबाट निर्यात हुने कृषि वस्तुमध्ये अलैंची सबैभन्दा बढी निकासी हुँदै आएको छ । नेपालले चालू आर्थिक वर्षको ७ महिनामा ४ अर्ब ८९ करोड ७६ लाख रुपैयाँको ६१ लाख १७ हजार किलो अलैंची निर्यात गरेको छ ।

नेपालमा उत्पादन हुने अलैंचीमध्ये ५ प्रतिशत मात्रै आन्तरिक बजारमा खपत हुन्छ । उत्पादनको ९५ प्रतिशत निर्यात हुँदा पनि अलैंचीको बजारीकरण तथा वैदेशिक व्यापार सम्बन्ध बढाउन नसक्दा नेपालले भन्दा भारतले उच्च लाभ लिँदै आएको छ ।

नेपालमा अलैचीं एउटा नगदे बाली मात्र नभएर मसलेदार ,आयुर्वेदिक औषधिको साथ साथै आम्दानीको महत्त्वपूर्ण हिस्सा बन्न पुगेको छ । नेपालमा उत्पादित अलैंचीको ठूलो हिस्सा विदेशी बजारमा जाने हुँदा विदेशी मुद्रा प्राप्त हुने हुँदा आम्दानी पनि धेरै हुने लोभमा किसान यस खेती तर्फ निकै आकर्षित भएका छन् ।

यसको निकासी विदेशमा बढिरहँदा किसानलाई मात्र फाइदा नभएर देशको कुल गार्हस्थ उत्पादनमा पनि वृद्धि हुने देखिन्छ । गर्जो टार्ने सजिलो माध्यम बनेका कारण आम किसानमा भने अलैंची खेतीप्रतिको मोहमा भने अभूतपूर्व चासो बढ्दै गएको छ । १२ वर्ष अगाडि सम्म बिहान बेलुकी छाक टार्न धौ धौ पर्ने किसानहरू आज भोलि अलैचीं खेती मार्फत आएको अर्थोपार्जनले गुणस्तरीय जीवन जिउन, आफ्ना सन्तानलाई गुणस्तरीय शिक्षा दीक्षा र स्वास्थ्योपचार दिन सक्षम भएका छन् ।

१२ वर्ष अगाडि सम्म गाई गोरु चढाउन र घाँस काट्न प्रयोग गरिने पहाडी क्षेत्रका गाउँको अधिकांश खोल्साखाल्सीहरु हिजोआज अलैंची खेतीले ढपक्कै ढाकेको देखिन्छ । दोलखा, रामेछाप, काभ्रेमा अलैंची खेतीको लोकप्रियता व्यापक बन्दै गएको छ । कतिपय गाउँमा त ८५ प्रतिशतसम्म किसान व्यवसायिक अलैंची खेतीमा समाहित भएका छन् ।

१२ वर्षअघि दार्जिलिङ घुम्न गएका बेला जिज्ञासावश् रोपिएका केही अलैँचीका बिरुवा विस्तार भएर आफू व्यवसायिक कृषक बनेको दोलखा क्षेत्रपाका स्थानीय ६७ वर्षे कृषक पदमध्वज अधिकारी बताउँछन् ।

सुरुमा कसैलाई अलैँचीका विषयमा केही थाहा थिएन , रोपेको ३ वर्षपछि देखि यो फल्न थाल्यो त्यतिबेला नै १०० रुपैयाँ प्रतिकेजी यसको मूल्य थियो । पछि पछि प्रति केजी ३५०० सम्म पनि पुगेको छ, अहिले गाउँ भरिनै यसको खेती गर्न थालिएको अधिकारीले बताए ।

उनका अनुसार अहिले सिम खेत, भिरालो खोल्सा खाल्सी सबैमा अलैंची लगाएको छ, यसको खेतीमा कुनै दुख झनझट नभई वर्षमा एक पटक उत्पादन दिँदा पनि ३ देखि साढे ३ लाख सम्म कमाइ हुन्छ । फागुन चैत महिनामा फूल फुल्ने अलैंची भदौ र असोजमा राम्रो सँग पाक्छ र टिपिन्छ ।

अलैंचीले वर्षमा एक पटक आम्दानी दिने गर्दछ । यसको खेती गर्न खासै दुख र झन्झट पनि हुँदैन । बजारको पनि खासै समस्या नहुने हुँदा यस खेती तर्फ किसानहरू आकर्षित भएको महसुस गर्न सकिन्छ ।

तर, जति अलैँचीको आम्दानीमा सख र खुसी छ त्यो भन्दा पनि बढी दुखको कहानी पनि छ । कम परिश्रम परेता पनि बेला बखतमा आइपर्ने रोग ब्याधीहरुको प्रकोपले गर्दा अलैँची भित्राउने बेला किसानहरू रित्तो हात बस्नुपर्ने अवस्था पनि आउनसक्छ ।

किसानहरूलाई उचित ज्ञान, सीप ,र तालिमको अभावको कारणले पनि धेरै दुख पाउने गरेका छन् । अनि अर्को दुखको पाटो भनेको किसानले उचित मात्रामा मूल्य नपाउनु पनि हो, जसको मूल्य बाधकको रूपमा बिचौलियाहरू रहेका छन् ।

किसानहरुबाट सस्तो मूल्यमा खरिद गरी महँगोमा विदेश निर्यात गरी फाईदा कमाउने हुँदा आज विश्व बजारमा खराब सन्देश पनि गएको छ, जसले गर्दा बेला बेलामा हाम्रा उत्पादनहरू सीमा तथा भन्सारमा महिनौँ सम्म थन्किन बाध्य हुन्छन् । जसबाट किसानको साथ साथै देशलाई समेत लाखौँ करोडौ घाटा भएको छ । यसतर्फ पनि सबैको ध्यान जानु आवश्यक छ ।

यसबाहेक उत्पादन गर्ने किसानले उत्पादन गरेको वास्तविक ज्याला पाउँदैनन् भने बस्तु उत्पादन गर्नुको केही औचित्य छैन । तसर्थ ,किसानको हक र हितको लागि उचित प्रकारको मापदण्ड बनाई परिश्रमको उचित मूल्य दिलाउन सकियो भने वास्तविक किसानको जीवन स्तर फेरिने थियो ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ३ : ११ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको