विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

आज मंसिर १०, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर २६, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

भारतको पहिलो सौर्य अभियान आदित्य एल वान अन्तिम चरणमा

सूर्यको अध्ययन गर्न पठाइएको भारतको पहिलो अन्तरिक्ष अभियान आदित्य एल वान अन्तिम चरणमा पुगेको छ । यसलाई एल वान बिन्दुमा लैजाने प्रयास २०२४ को जनवरी ७ सम्म पूरा हुनेछ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोका प्रमुख एस सोमनाथले यसबारे जानकारी दिँदै भने, ‘आदित्य सही बाटोमा छ र मलाई लाग्छ यो अन्तिम चरणमा पुगेको छ।’ आदित्य एल वान सूर्यको अध्ययन गर्ने पहिलो अन्तरिक्षमा आधारित भारतीय अभियान हो ।

अन्तरिक्ष यानलाई पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा रहेको सूर्य पृथ्वी प्रणालीको ल्यागरेन्ज पोइन्ट १ (एल वान) मा हलो कक्षमा राखिनेछ। ‘आदित्य– एल वान’ अन्तरिक्ष यान गत २ सेप्टेम्बरमा प्रक्षेपण गरिएको थियो । ल्यागरेन्ज–१ पुगेपछि त्यहाँबाट सूर्यका विभिन्न गतिविधि, आन्तरिक तथा वाह्य वातावरण आदि अध्ययन गर्नेछ ।

ग्रिसमा १४ जना सवार मालवाहक पानीजहाज डुब्यो

१४ जना सवार पानीजहाज ग्रिसको समुद्रमा डुबेको छ । कोमोरोसको ध्वजाङ्कित मालवाहक पानीजहाज लेस्बोस द्वीप नजिकै आँधीबेहरीका कारण डुबेको ग्रिसका तटरक्षकहरूले आइतबार बताएका छन् । एर्ट सरकारी टेलिभिजनले नौसेनाको एउटा हेलिकप्टरले चालक दलका एक सदस्यलाई उठाएको बताएको छ ।

पाँच मालवाहक जहाज, तीन तटरक्षक जहाज, हवाई सेना र नौसेनाका हेलिकप्टरका साथै नौसेनाको एउटा फ्रिगेट उद्धार कार्यमा सहभागी भएका छन् । सरकारी एथेन्स समाचार एजेन्सी (एएनए) का अनुसार मालवाहक जहाजमा चालक दलका १४ सदस्य थिए र जहाज नुनले भरिएको थियो । तटरक्षक बललाई उद्धृत गर्दै एएनएले आइतबार बिहान जहाज लेस्बोसको दक्षिण–पश्चिममा समुद्रमुनि आठ दशमलव तीन किलोमिटर तल गएको बताएको छ ।

उक्त जहाज इजिप्टको देखेइलाबाट इस्तानबुलतर्फ प्रस्थान गरेको थियो । चालक दलका सदस्यहरूमा दुई सिरियाली, चार भारतीय र आठ इजिप्टेली रहेको एएनएले बताएको छ । शनिबार ग्रिसका कयौँ भागमा जहाज बन्दरगाहमा थिए र हावाको गति नौदेखि १० थियो जुन ब्युफोर्ट स्केलमा आँधीबेहरी शक्तिका लागि ठूलो आँधी हो । ओलिभर आँधी एड्रियाटिक सागरबाट ग्रिसतर्फ बढेका कारण हेलेनिक राष्ट्रिय मौसम विज्ञान सेवा (ईएमवाई) ले आपत्कालीन मौसम चेतावनीलाई शनिबार ‘खराब मौसम’ बाट ‘खतरनाक मौसम घटना’ मा अपग्रेड गरेको थियो ।

दक्षिण कोरियाका गुप्तचर प्रमुखद्वारा राजीनामा

छिमेकी उत्तर कोरियाको आणविक हतियार र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर तनाव बढ्न थालेपछि दक्षिण कोरियाको गुप्तचर एजेन्सीका प्रमुखले राजीनामा दिएका छन् । दक्षिण कोरियाली गुप्तचर सेवाका निर्देशक किम क्यु ह्युनले आइतबार पदबाट राजीनामा दिएको योन्हाप समाचार संस्थाले जनाएको छ ।

राष्ट्रपति युन सुक येओलले राष्ट्रिय गुप्तचर सेवा (एनआइएस) का निर्देशक किम क्यु–ह्युनको राजीनामा स्वीकार गरेको योन्हापले उल्लेख गरेको छ । एनआइएसका अन्य दुई वरिष्ठ अधिकारीले पनि राजीनामा दिएका छन् ।

स्थानीय मिडिया रिपोर्टहरूका अनुसार यस वर्षको जुनदेखि गुप्तर एजेन्सीमा चलिरहेका कर्मचारी व्यवस्थापनका मुद्दाहरूसँग ती राजीनामा जोडिएको देखिन्छ । उत्तर कोरियाले उसको हतियार कार्यक्रमहरूको विकासमा तीव्रता दिइरहेको र यसै साताको सुरुमा उसले आफ्नो पहिलो सैन्य उपग्रह सफलतापूर्वक अन्तरिक्ष कक्षमा स्थापना गरेको दाबी गरेपछि यो परिवर्तन आएको हो ।

पूर्वउपराष्ट्रिय सुरक्षा सल्लाहकार तथा करियर कूटनीतिज्ञ किमलाई युनको चुनाव विजयपछि सन् २०२२ मेमा गुप्तचर प्रमुखमा नियुक्त गरिएको थियो । योन्हापका अनुसार किमले युनको प्रशासन सम्हालेपछिको अवधिमा ‘मुलुकको शीर्ष सुरक्षा तथा गुप्तचर एजेन्सीका रूपमा एनआइएसको प्रतिष्ठालाई पुनः स्थापित गर्न’ काम गरेको राष्ट्रपति कार्यालयले बताएको छ ।

हमासद्वारा थप १७ जना बन्दी मुक्त

इजरायल–हमास युद्धविरामको दोस्रो दिन शनिबार हमास समूहले थप १७ जना बन्दीलाई मुक्त गरेको छ । मुक्त गरिएकामा १३ जना इजरायली र ४ जना थाइ नागरिक रहेका छन् ।

समाचार संस्था सिएनएनका अनुसार इजरायलले पनि ३९ प्यालेस्टिनी नागरिकलाई जेलमुक्त गरेको छ।

यसअघि पहिलो दिन हमासले २४ बन्धक र इजरायलले ३९ प्यालेस्टिनी बन्दीलाई रिहा गरेको थियो।

गत अक्टोबर ७ मा हमासले इजरायलमाथि एक्कासि आक्रमण गरी इजरायलसहित विभिन्न देशका २३० भन्दा बढी नागरिकलाई अपरहण गरी बन्धक बनाएको थियो । जसमा नेपाली विद्यार्थी विपिन जोशीमा पछि छन् ।

इजरायल र हमासबीच पहिलो चरणमा ५० बन्धक र १५० जना प्यालेस्टिनी छाड्ने सहमति भएको थियो। सो सहमतिअनुसार गत शुक्रबार बिहानदेखि गजामा युद्धविराम भएको थियो। हमासको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ८ : ०० बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत