स्किल सेवाले घर निर्माणसम्बन्धी निशुल्क प्राविधिक परामर्श दिने « Khabarhub

स्किल सेवाले घर निर्माणसम्बन्धी निशुल्क प्राविधिक परामर्श दिने


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- घरसँग सम्बन्धित सेवा दिँदै आएको स्किल सेवाले घर निर्माणसम्बन्धी निशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्ने भएको छ । विगत ५ वर्षदेखि घर र घरका समस्याहरूको स्रोत पहिचान र समस्या समाधानमा काम गर्दै अइरहेको यस कम्पनीले सामाजिक उत्तरदायित्व स्वरूप निशुल्क परामर्श कार्यक्रमको अयोजन गरिएको हो ।

कम्पनीले आफ्ना ३ शाखाबाट ४० हजारभन्दा धेरै समस्या भएका घरहरूमा अफ्ना सेवा प्रदान गरिसकेपछि, समस्या रहित घर के कसरी निर्माण गर्न सकिन्छ, घर बनाउनुपूर्व के कस्ता कुरामा ध्यान दिने, अवश्यक कागजात र प्रक्रियाहरू समेतको विस्तृत जानकारी दिने गरी परामर्श कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ ।

हरेक हप्ताको शनिबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म कम्पनीको मुख्य कार्यालयमा  निशुल्क परामर्श कार्यक्रम हुने कम्पनीका प्रमुख कार्यकारी रमेश तिमिल्सिनाले बताए । पोखरा, चितवन र बुटवलबाट समेत सेवा दिँदै आएको स्किल सेवाले यस कार्यक्रममार्फत् सर्वसाधारणलाई घर बनाउँदा कसरी समस्यारहित, दिगो, सुरक्षित बनाउने भन्नेबारे विशेष परामर्श दिन लागेको जानकारी दिएको छ ।

घर बनाउँदा ध्यान दिनुपर्ने कुराहरु, निर्माणका क्रममा हुने कमी कमजोरी एवम् प्रक्रियागत त्रुटिका बारेमा ध्यान नदिँदा घरमा विभिन्न किसिमका जोखिम आउने, अफनो लगानी समेत खेर जान सक्ने र निर्माण पश्चात सहजै बिक्री समेत नहुने गरेको उनको भनाइ छ। यसका लागि घर निर्माण गर्नुअघि प्राविधिकको परामर्श लिनु उचित हुने उनले बताए ।

जग्गा छनौट, नक्सा पास, निर्माणकार्यको जिम्मा, निर्माण सामग्री छनौट, निर्माण सामग्रीको गुणस्तर आदि जस्ता सामान्य तर संवेदनशील कुरामा ध्यान दिनु अति आवश्यक रहेको उनले जानकारी दिए । जीवन भरको मेहनतको कमाईले घर निर्माण गरिने र घर बनेको केही महिना नबित्दै घरमा सिपेज, भित्ता चर्किने, पेन्ट उप्कने आदि जस्ता विविध समस्या देखिने गरेकाले यसबारे उपभोक्तालाई विस्तृत जानकारी तथा परामर्श दिन लागेको तिमिल्सिनाको भनाइ छ ।

उनले घर निर्माण गर्ने योजना भएका वा घर निर्माण गरिरहेकाहरुले यस कार्यक्रमबाट फाइदा लिन सक्ने पनि जानकारी दिए । रमेशले भने, ‘प्राविधिकसँग परामर्श लिएर घर निर्माण गर्दा हामी सुरक्षित र दिगो घर निर्माण गर्न सक्छौं । साथसाथै प्रक्रियागत त्रुटिसमेत नहुने भएकाले समस्यारहित घर निर्माण गर्न सकिन्छ ।

यसका अतिरिक्त प्राकृतिक विपद, हावाहुरी, घामपानीबाट पनि घर सुरक्षित बन्ने गर्दछ । यस कार्यक्रमको लाभ लिन चाहने घरधनीहरूले हरेक हप्ताको बिहीबार अगावै कम्पनीको वेबसाइट अथवा सम्पर्क नम्बरमा सम्पर्क गरी समय लिन सक्नेछन् ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ७ : ३६ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील