केपी ओली कप : कुशलको शतकमा पुलिसको जित, एपीएफ अन्तिम चारमा | Khabarhub Khabarhub

केपी ओली कप : कुशलको शतकमा पुलिसको जित, एपीएफ अन्तिम चारमा


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

कास्की – राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल भुर्तेलको शतकिय इनिङ्समा नेपाल पुलिस क्लबले केपी ओली कप राष्ट्रिय टी ट्वान्टी क्रिकेट प्रतियोगितामा शानदार जित निकालेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा जारी प्रतियोगितामा समुह सी अन्तर्गत आज भएको खेलमा विभागीय टोली पुलिसले मधेश प्रदेशलाई ५७ रनले हराएको हो ।

कुशलले ५६ बलमा ७ छक्का र ८ चौकाको मद्धतले १ सय २ रन बनाए । जारी प्रतियोगितामा शतक प्रहार गर्ने भुर्तेल पहिलो खेलाडी बने ।
टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५ विकेटको क्षतीमा १ सय ७५ रन बनाएको थियो ।

पुलिसका सुनिल धमलाले ४५ रन बनाए । करन केसीले १६ रन जोडे । मधेश प्रदेशका विशाल शुसलिङ र विशाल पटेलले समान २ तथा रुपेश सिंहले १ विकेट लिए ।

जवाफी व्याटिङमा उत्रिएको मधेश प्रदेश भने १८ दशमलव २ ओभरमा १ सय १८ रनमा अल आउट भयो । मधेश प्रदेशका रुपेश सिंहले सर्वाधिक ४० रन बनाए । इमरान शेखले २२, रोहन विक र राकेश कमातले समान १० रन जोडे ।

पुलिसका करन केसी, सागर ढकाल, राशिद खान र ललित राजवंशीले समान २ विकेट लिए । कुशल भुर्तेल र सुनिल धमलाले समान १–१ विकेट लिए ।

एपीएफ अन्तिम चारमा

आजै भएको पहिलो खेलमा गण्डकी प्रदेश लुम्बिनीसँग पराजित हुँदा शसस्त्र प्रहरीको एपीएफ क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
महत्वपूर्ण खेलमा गण्डकी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । एपीएफ रनरेटका आधारमा सेमीफाइनलमा स्थान पक्का गरेको हो ।

 

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ८ : ०४ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला