केपी ओली कप : कुशलको शतकमा पुलिसको जित, एपीएफ अन्तिम चारमा « Khabarhub

केपी ओली कप : कुशलको शतकमा पुलिसको जित, एपीएफ अन्तिम चारमा


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

कास्की – राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल भुर्तेलको शतकिय इनिङ्समा नेपाल पुलिस क्लबले केपी ओली कप राष्ट्रिय टी ट्वान्टी क्रिकेट प्रतियोगितामा शानदार जित निकालेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा जारी प्रतियोगितामा समुह सी अन्तर्गत आज भएको खेलमा विभागीय टोली पुलिसले मधेश प्रदेशलाई ५७ रनले हराएको हो ।

कुशलले ५६ बलमा ७ छक्का र ८ चौकाको मद्धतले १ सय २ रन बनाए । जारी प्रतियोगितामा शतक प्रहार गर्ने भुर्तेल पहिलो खेलाडी बने ।
टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५ विकेटको क्षतीमा १ सय ७५ रन बनाएको थियो ।

पुलिसका सुनिल धमलाले ४५ रन बनाए । करन केसीले १६ रन जोडे । मधेश प्रदेशका विशाल शुसलिङ र विशाल पटेलले समान २ तथा रुपेश सिंहले १ विकेट लिए ।

जवाफी व्याटिङमा उत्रिएको मधेश प्रदेश भने १८ दशमलव २ ओभरमा १ सय १८ रनमा अल आउट भयो । मधेश प्रदेशका रुपेश सिंहले सर्वाधिक ४० रन बनाए । इमरान शेखले २२, रोहन विक र राकेश कमातले समान १० रन जोडे ।

पुलिसका करन केसी, सागर ढकाल, राशिद खान र ललित राजवंशीले समान २ विकेट लिए । कुशल भुर्तेल र सुनिल धमलाले समान १–१ विकेट लिए ।

एपीएफ अन्तिम चारमा

आजै भएको पहिलो खेलमा गण्डकी प्रदेश लुम्बिनीसँग पराजित हुँदा शसस्त्र प्रहरीको एपीएफ क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
महत्वपूर्ण खेलमा गण्डकी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । एपीएफ रनरेटका आधारमा सेमीफाइनलमा स्थान पक्का गरेको हो ।

 

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ८ : ०४ बजे

तनहुँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

दमौली (तनहुँ)- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

रसुवा– आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन सम्पन्न गराउन

महोत्तरीमा चार निर्वाचन अधिकृतको कार्यालय स्थापना

जलेश्वर– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि महोत्तरीमा आज चार

प्रतिनिधिसभा सदस्य निर्वाचन : तयारी तीव्र, कार्यालय स्थापना

काभ्रेपलाञ्चोक– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा तयारी तीव्र पारिएको छ

 जनकपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि