लगानी सम्मेलनअघि पर्याप्त तयारी आवश्यक छ :अर्थमन्त्री « Khabarhub

लगानी सम्मेलनअघि पर्याप्त तयारी आवश्यक छ :अर्थमन्त्री


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी वैशाखमा आयोजना हुने लगानी सम्मेलनअघि पर्याप्त तयारी गर्नुपर्ने बताएका छन् ।

आगामी वैशाख ९ र १० गते आयोजना हुने लगानी सम्मेलन निर्देशक समितिको आज अर्थ मन्त्रालयमा भएको बैठकमा अर्थमन्त्री महतले विगतका लगानी सम्मेलनभन्दा फरक हुने गरी र बढी लगानीकर्ता आकर्षित गर्न सम्मेलन हुने बताए ।

‘यसपटक हामीले विगतमा जस्तो औपचारिकताभन्दा पनि वास्तविक लगानीकर्तालाई आकर्षित गर्न सम्मेलन आयोजना गर्न लागेका हौँ । यसपटक सम्मेलन आयोजना हुनुअघि सम्भावित लगानीकर्तासँग दुईपक्षीय बैठक गर्ने योजना बनाएका छौँ,’ अर्थमन्त्री महतले भने।

सम्मेलनमा धेरै सङ्ख्यामा सहभागी गराउनेभन्दा पनि सम्भावित लगानीकर्तालाई समेट्ने योजना रहेको पनि उनको भनाइ छ । ‘सरकारले दुईपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिप्पा) कार्यान्वयन गर्दै विदेशी लगानीलाई संरक्षण गर्न चाहेको छ । यसपटकको लगानी सम्मेलनको उद्देश्य सक्षम लगानीकर्तासमक्ष प्रस्ताव राख्ने, त्यस्तो लगानीकर्ताको लगानी सुनिश्चित गर्ने तथा लगानी प्रतिबद्धतालाई निरन्तर छलफलपछि लगानी स्वीकृतिको चरणसम्म पु¥याउने हो’, अर्थमन्त्री महतले भने।

स्वदेशी, गैरआवासीय नेपाली (एनआरएनए) र विदेशी लगानीकर्तालाई आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्न लागिएको उनको भनाइ छ । ‘लगानी सम्मेलनका लागि तयारी थालिएको छ । यो लगानी सम्मेलनमा विदेशी लगानीको मात्र कुरा होइन, नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजाने हो । लगानी सम्मेलनबारे विदेशी राजदूतावासलाई परिचालन गरिनेछ’, अर्थमन्त्री महतले भने ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ८ : ४५ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००