मनोचिकित्सक नभएका १४ जिल्लामा मानसिक उपचार सेवा « Khabarhub

मनोचिकित्सक नभएका १४ जिल्लामा मानसिक उपचार सेवा


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक स्वास्थ्य सेवामा सवैको सहज, सुलभ र समान पहुँच पुर्‍याउन १४ जिल्लामा मानसिक स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ ।

मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा सबैमा मानसिक स्वास्थ्य पु¥याउनका लागि मनोचिकित्सक नभएका प्रत्येक प्रदेशका दुई/दुई जिल्लामा मनोचिकित्सक पठाएर मानसिक स्वास्थ्य सेवा उपलब्ध गराएको हो ।

महाशाखाको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा फणिन्द्रप्रसाद बरालले मनोचिकित्सक नपुगेको जिल्लामा मानसिक स्वास्थ्य सेवा पु¥याउनका लागि मनोचिकित्सक पठाएर उपचार सेवा सुरु गरिएको जानकारी दिए । उनका अनुसार कोशी प्रदेशको पाँचथर र भोजपुर, मधेस प्रदेशमा महोत्तरी र रौतहट, बागमती प्रदेशको सिन्धुपाञ्चोक र रसुवा, गण्डकी प्रदेशको लमजुङ र म्याग्दी, लुम्बिनीको बर्दिया र रुकुम पूर्व, कर्णालीको दैलेख र कालिकोट तथा सुदूरपश्चिम प्रदेशको बैतडी र बझाङ जिल्लामा मनोचिकित्सकसहितको टोली परिचालन गरिएको छ ।

‘ती जिल्लामा अहिलेसम्म मनोचिकित्सक थिएनन् । ती जिल्लामा मानसिक रोगीले आफ्नै जिल्लामा उपचार सेवा पाउने छन्’, उनले भने, ‘अब ती जिल्लाका मानसिक रोगी अन्य जिल्लामा जानुपरेन ।’

मनोचिकित्सकले त्यहाँ रहेका स्वास्थ्यकर्मीको सहयोगमा उपचार गर्ने छन् । शाखाले ती जिल्लामा रहेका स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्यसम्बन्धी तालिम प्रदान गरेर त्यहाँ मानसिक रोगीको उपचार गरिरहेका छन् । ’हामीले तालिम दिएका स्वास्थ्यकर्मीले पहिले त्यही रहेका मानसिक रोगीलाई उपचार गर्दछन्’, उनले भने, ‘ती स्वास्थ्यकर्मीले रिफर गरेका बिरामीलाई केन्द्रबाट महिनामा एक पटक जाने चिकित्सकले थप उपचार गर्दछन् ।’

शाखाले पहिलो पटक नमूनाका रुपमा १४ जिल्ला छनौट गरे पनि पछि मनोचिकित्सक नभएका अरु जिल्लामा पनि सेवा विस्तार गर्ने उनले बताए। मनोचिकित्सकले हरेक महिना ३० जना कडा खालका बिरामीको उपचार गरिरहेको डा बरालले बताए । ती बिरामीले निःशुल्क औषधि पाउने छन् ।

राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण–२०२० मा गरिएको अध्ययनमा सय जनामध्ये १० जनामा कुनै न कुनै प्रकारका मानसिक समस्या रहेको तथ्य फेला परेको जनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनको २०१८ को तथ्याङ्कअनुसार नेपालमा बहिरङ्ग विभागमा आएका बिरामीमध्ये पाँच प्रतिशत बिरामीमा मानसिक स्वास्थ्य समस्या रहेको जनाइएको छ ।

यस्तै नेपाल प्रहरीको प्रतिवेदनमा दैनिक १८/१९ जनाले मानसिक स्वास्थ्यका कारण आत्महत्या गर्ने गरेको जनाइएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ९ : २२ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को