सामुदायिक विद्यालयका छात्रालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको प्रशिक्षण « Khabarhub

सामुदायिक विद्यालयका छात्रालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको प्रशिक्षण


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

मोरङ– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको सहयोगमा नेपालका सामुदायिक विद्यालयका छात्रालाई क्रिकेटप्रति जागरुक एवं प्रशिक्षण दिन सुरु गरिएको छ ।

बेलायतमा क्रिकेट क्षेत्रमा काम गर्दै आएको क्रिकेट विथ आउट बाउन्डरी र नेपाल क्रिकेट फाउन्डेसनद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा आजदेखि १० देखि २३ गतेसम्म १४ दिने सामुदायिक विद्यालयका छात्रालाई प्रशिक्षण दिन थालिएको जानकारी दिइयो ।

तल्लो तहदेखि र महिला क्रिकेट उत्थानका लागि कोशी प्रदेशको विराटनगर, इटहरी, धरान, धनकुटा तथा मधेस प्रदेशको राजविराज, लहान र कल्याणपुरमा खेलसामग्री प्रदान, क्रिकेटको प्रशिक्षण तथा प्रतियोगिता आयोजना गरिनेछ ।

आइसिसीकी सदस्य सारा वेगले नेपालका छात्रालाई क्रिकेटप्रति उत्साह तथा सीप प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको जानकारी दिए । उनले विगतदेखि यस क्षेत्रमा वाउन्डरीमार्फत छात्रालाई खेल सामग्री सहयोग गर्नाका साथै फरक ढङ्गबाट दिएको प्रशिक्षणबाट अन्तर्राष्ट्रिय रुपमा खेल्ने खेलाडी तयार भएको उदाहरण रहेको बताए ।

फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले विगत छ वर्षदेखि छात्रालाई क्रिकेटको प्रशिक्षणबाट यस क्षेत्रमा नयाँ खेलाडी उत्पादन हुनाका साथै खेलाडीमा खेलप्रति जागरुक एवं आत्मबल बृद्धि भएको विश्वास व्यक्त गरे।

आइसिसीको प्रत्यक्ष निगरानीमा यही मङ्सिर १२ गते विराटनगरका सत्यनारायण, सरस्वती, महेन्द्र मावि र आदर्श बालिका विद्यालयका छात्राको क्रिकेट प्रतियोगिता हुने भएको छ । छात्रालाई क्रिकेटप्रति जागरुक गराउन एवं प्रशिक्षण दिन आइसिसीबाट अली मेकरेडी, गोलाण्ड हरिस, साकिव मिहास, सारा बेग, काज मिलहाल, रव वेली आएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ९ : ३० बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत