सामुदायिक विद्यालयका छात्रालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको प्रशिक्षण « Khabarhub

सामुदायिक विद्यालयका छात्रालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको प्रशिक्षण


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

मोरङ– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको सहयोगमा नेपालका सामुदायिक विद्यालयका छात्रालाई क्रिकेटप्रति जागरुक एवं प्रशिक्षण दिन सुरु गरिएको छ ।

बेलायतमा क्रिकेट क्षेत्रमा काम गर्दै आएको क्रिकेट विथ आउट बाउन्डरी र नेपाल क्रिकेट फाउन्डेसनद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा आजदेखि १० देखि २३ गतेसम्म १४ दिने सामुदायिक विद्यालयका छात्रालाई प्रशिक्षण दिन थालिएको जानकारी दिइयो ।

तल्लो तहदेखि र महिला क्रिकेट उत्थानका लागि कोशी प्रदेशको विराटनगर, इटहरी, धरान, धनकुटा तथा मधेस प्रदेशको राजविराज, लहान र कल्याणपुरमा खेलसामग्री प्रदान, क्रिकेटको प्रशिक्षण तथा प्रतियोगिता आयोजना गरिनेछ ।

आइसिसीकी सदस्य सारा वेगले नेपालका छात्रालाई क्रिकेटप्रति उत्साह तथा सीप प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको जानकारी दिए । उनले विगतदेखि यस क्षेत्रमा वाउन्डरीमार्फत छात्रालाई खेल सामग्री सहयोग गर्नाका साथै फरक ढङ्गबाट दिएको प्रशिक्षणबाट अन्तर्राष्ट्रिय रुपमा खेल्ने खेलाडी तयार भएको उदाहरण रहेको बताए ।

फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले विगत छ वर्षदेखि छात्रालाई क्रिकेटको प्रशिक्षणबाट यस क्षेत्रमा नयाँ खेलाडी उत्पादन हुनाका साथै खेलाडीमा खेलप्रति जागरुक एवं आत्मबल बृद्धि भएको विश्वास व्यक्त गरे।

आइसिसीको प्रत्यक्ष निगरानीमा यही मङ्सिर १२ गते विराटनगरका सत्यनारायण, सरस्वती, महेन्द्र मावि र आदर्श बालिका विद्यालयका छात्राको क्रिकेट प्रतियोगिता हुने भएको छ । छात्रालाई क्रिकेटप्रति जागरुक गराउन एवं प्रशिक्षण दिन आइसिसीबाट अली मेकरेडी, गोलाण्ड हरिस, साकिव मिहास, सारा बेग, काज मिलहाल, रव वेली आएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ९ : ३० बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी