मनाइयो सहिद भीमदत्त पन्तको ९८ औँ जन्मजयन्ती | Khabarhub Khabarhub

मनाइयो सहिद भीमदत्त पन्तको ९८ औँ जन्मजयन्ती


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – सहिद भीमदत्त पन्तको महेन्द्रनगरस्थित शालिकमा माल्यार्पण गरी ९८औँ जन्मजयन्ती आज मनाइएको छ । सहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठानले भीम वाटिकामा रहेको शालिकमा माल्यार्पण गरी श्रद्धासुमन अर्पण गरिएको छ ।

प्रतिष्ठानका कार्यवाहक अध्यक्ष हरिप्रसाद जोशीले सहिद पन्तको शालिकमा तोडफोड गरी क्षति पुर्याउनेमाथि हदैसम्मको कारबाही हुनुपर्ने बताए । दलित, किसान, गरिबका नेता पन्तको शालिक तोडफोड गरी इतिहास मेटाउने परिपञ्च रचिएको उल्लेख गर्दै उनले त्यस्ता तत्व विरुद्ध एकजुट भएर उभिनुपर्ने बताए ।

प्रतिष्ठानका सचिव कर्णबहादुर चन्दले अमर सहिद पन्तले अनुसरण गरेको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको विचार व्यक्त गरे । शालिक तोडफोड गरेर सहिद पन्तको अपमान गरिएको उनले बताए ।

समाजका शोषक सामन्त विरुद्ध आन्दोलन गरी निमुखाको अधिकार स्थापित गर्ने कार्यमा संलग्न सहिद पन्त सच्चा क्रान्तिकारी भएको उनले चर्चा गरे । सहिद पन्तकै पथमा अगाडि बढ्दै अहिले लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको उनको भनाइ छ ।

भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले तोडफोड गरिएको शालिक पुनःनिर्माणको कार्य चाँडै अगाडि बढाइने बताए । शोषक सामन्तलाई परास्त गर्ने क्रान्तिकारी नेता पन्त इतिहासको पानामा सधैँ अमर रहिरहने उनले बताए ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश समिति उपसचिव नरबहादुर विकले श्रमजीवी, सर्वहारा वर्ग, किसान र निमुखाको आवाजका रुपमा रहेका नेताका विचार शालिक तोडिदैमा मेटिएर नजाने बताए । यसै अवसरमा महाकाली प्रादेशिक अस्पताल र बेदकोट वृद्धाश्रममा फलफूल वितरण गरिएको छ ।

सहित पन्त विसं १९८३ मङ्सिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मीएका हुन् । सुदूरपश्चिममा तत्कालीन व्यवस्थाविरुद्ध उनले ‘कि त जोत हलो, कित छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानको पक्षमा क्रान्ति गरेका थिए ।

तत्कालीन सरकारले उनलाई विसं २०१० साउन १७ गते डोटीको बुडरमा हत्या गरेको थियो । उनको टाउकोलाई काटेर डडेल्धुरा खलङ्गाको टुँडिखेलमा केही दिन झुण्ड्याइएको थियो ।

भीमदत्त पन्तको सम्मान गर्दै सरकारले २०७२ फागुन १९ गते सहिद घोषणा गरेको थियो । सहिद पन्तले किसान क्रान्ति सुरु गरेका जिल्लाको ब्रम्हदेव, बेलौरी र महेन्द्रनगरमा शालिक रहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  १० : ५३ बजे

शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण

दमौली– जिल्लाको शुक्लागण्डकी नगरपालिका र कृष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा

पेट्रोलियम ट्यांकर चालकको आन्दोलन फिर्ता, सरकारसँग चार बुँदे सहमति

काठमाडौं- तीन दिनदेखि आन्दोलित नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति

जलपाईगुडीमा रेल दुर्घटना : ज्यान गुमाउनेको संख्या १५ पुग्यो

कोलकाता- भारतको पश्चिम बंगाल राज्यस्थित नयाँ जलपाईगुडीमा सोमबार बिहान रेल दुर्घटनामा

स्वदेशमै पुग्दैन बिजुली, प्राधिकरणलाई निर्यातकै हतारो !

काठमाडौं– यो सिजन चर्को गर्मीका कारण देशभर विद्युत् खपत बढ्दा

कोशीमा चट्याङबाट दुई सय ५४ जनाको मृत्यु

झापा– कोशी प्रदेशमा विगत दश वर्षमा चट्याङ लागेर दुई सय