मनाइयो सहिद भीमदत्त पन्तको ९८ औँ जन्मजयन्ती « Khabarhub

मनाइयो सहिद भीमदत्त पन्तको ९८ औँ जन्मजयन्ती


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – सहिद भीमदत्त पन्तको महेन्द्रनगरस्थित शालिकमा माल्यार्पण गरी ९८औँ जन्मजयन्ती आज मनाइएको छ । सहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठानले भीम वाटिकामा रहेको शालिकमा माल्यार्पण गरी श्रद्धासुमन अर्पण गरिएको छ ।

प्रतिष्ठानका कार्यवाहक अध्यक्ष हरिप्रसाद जोशीले सहिद पन्तको शालिकमा तोडफोड गरी क्षति पुर्याउनेमाथि हदैसम्मको कारबाही हुनुपर्ने बताए । दलित, किसान, गरिबका नेता पन्तको शालिक तोडफोड गरी इतिहास मेटाउने परिपञ्च रचिएको उल्लेख गर्दै उनले त्यस्ता तत्व विरुद्ध एकजुट भएर उभिनुपर्ने बताए ।

प्रतिष्ठानका सचिव कर्णबहादुर चन्दले अमर सहिद पन्तले अनुसरण गरेको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको विचार व्यक्त गरे । शालिक तोडफोड गरेर सहिद पन्तको अपमान गरिएको उनले बताए ।

समाजका शोषक सामन्त विरुद्ध आन्दोलन गरी निमुखाको अधिकार स्थापित गर्ने कार्यमा संलग्न सहिद पन्त सच्चा क्रान्तिकारी भएको उनले चर्चा गरे । सहिद पन्तकै पथमा अगाडि बढ्दै अहिले लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको उनको भनाइ छ ।

भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले तोडफोड गरिएको शालिक पुनःनिर्माणको कार्य चाँडै अगाडि बढाइने बताए । शोषक सामन्तलाई परास्त गर्ने क्रान्तिकारी नेता पन्त इतिहासको पानामा सधैँ अमर रहिरहने उनले बताए ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश समिति उपसचिव नरबहादुर विकले श्रमजीवी, सर्वहारा वर्ग, किसान र निमुखाको आवाजका रुपमा रहेका नेताका विचार शालिक तोडिदैमा मेटिएर नजाने बताए । यसै अवसरमा महाकाली प्रादेशिक अस्पताल र बेदकोट वृद्धाश्रममा फलफूल वितरण गरिएको छ ।

सहित पन्त विसं १९८३ मङ्सिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मीएका हुन् । सुदूरपश्चिममा तत्कालीन व्यवस्थाविरुद्ध उनले ‘कि त जोत हलो, कित छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानको पक्षमा क्रान्ति गरेका थिए ।

तत्कालीन सरकारले उनलाई विसं २०१० साउन १७ गते डोटीको बुडरमा हत्या गरेको थियो । उनको टाउकोलाई काटेर डडेल्धुरा खलङ्गाको टुँडिखेलमा केही दिन झुण्ड्याइएको थियो ।

भीमदत्त पन्तको सम्मान गर्दै सरकारले २०७२ फागुन १९ गते सहिद घोषणा गरेको थियो । सहिद पन्तले किसान क्रान्ति सुरु गरेका जिल्लाको ब्रम्हदेव, बेलौरी र महेन्द्रनगरमा शालिक रहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  १० : ५३ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील