वर्ष २०२३ : हजार करोड क्लबमा शाहरुखका दुई फिल्म « Khabarhub

वर्ष २०२३ : हजार करोड क्लबमा शाहरुखका दुई फिल्म


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शाहरुख खानलाई बलिउडका बादशाह भन्ने गरिन्छ । उनका फ्यानले ‘किङ खान’ उपमा दिएका छन् । ५८ वर्षको उमेरमा पनि उनले यो वर्ष तीन वटा फिल्म खेले । 

वर्ष २०२३ बित्न ५ दिन मात्र बाँकी छ । शाहरुखका दुई फिल्म जवान र पठान सुपर हिट बने भने तेस्रो फिल्म डंकी प्रदर्शनमा छ । यद्यपि ‘माउथ पब्लिसिटी’ राम्रो छ तर व्यापार दुई फिल्मको तुलनाका केही कमजोर छ । 

उनको फिल्म पठान र जवानले विश्व बजारमा एक हजार करोडको व्यापार गरका छन् । यो सफलता यसभन्दा अघि कुनै अभिनेताले प्राप्त गरेका थिएनन् । अर्थात् कुनै बलिउड अभिनेताको एक वर्ष प्रदर्शनमा आएका दुई फिल्मले यो आँकडा छुन सकेका थिएनन् ।

जवानको रेकर्ड
सेप्टेम्बर ७ बाट प्रदर्शनमा शाहरुखको जवानले सबैभन्दा छिटो एक हजार करोडको व्यापार गर्ने फिल्मको रेकर्ड राखेको छ । 

घरेलु बजारमा सबैभन्दा छिटो ५०० करोडको व्यापार गर्ने र विश्व बजारमा सबैभन्दा बढी व्यापार गर्ने बलिउड फिल्म पनि यही हो । 

बक्स अफिस ट्रयाकर स्याननिल्कका अनुसार जवानले १० दिनमा सो आँकडा पूरा गरेको हो । 

पठान
यो वर्षको सुरुवातमा अर्थात् जनवरी २५ बाट प्रदर्शनमा आएको शाहरुखको पठानले २२ दिनमा घरेलु बजार ५०० करोडको व्यापार गरेको थियो । 

त्यस्तै, विश्व बजारमा यो फिल्मले २७ दिनमा एक हजार करोडको व्यापार गरेको थियो । 

छोरीको बलिउडमा डेब्यु
शाहरुखका लागि यो वर्ष पारिवारिक कारणले पनि सुखद रह्यो । यो वर्ष उनको छोरी सुहानाले बलिउडमा डेब्यु गरिन् । 

सुहाना अभिनीत फिल्म द आर्चिज नोभेम्बर २२ मा ओटीटी प्लेटफर्ममा सार्वजनिक भएको थियो । उनले यही फिल्मको ‘जब तुम ना थे’ भन्ने गीतबाट गायनमा समेत डेब्यु गरिन् । 

सुहानाले अभिनयमार्फत् राम्रो छाप छोड्न नसके पनि आगामी दिनमा अभिनयका लागि बाटो खुलाएकी छिन् । 

फिल्म निर्माणमा पनि सफलता
सबैभन्दा छिटो एक हजार करोडको व्यापार गर्ने अर्थात् जवानको फिल्मको निर्माता पनि शाहरुख खानको कम्पनी रेड चिलिज हो ।

फिल्म निर्माणको हिसाबले पनि यो वर्ष उनका लागि सुखद बन्यो । अर्थात् उनले रेकर्ड ब्रेक फिल्ममा अभिनय मात्रै होइन लगानी पनि गरे । 

त्यस्तै उनले लगानी गरेको डंकीले पनि प्रदर्शनमा आएको तीन दिनमा लगानी सुनिश्चित गरिसकेको छ । 

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ६ : ४४ बजे

सहमति नभए स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुन्छ : सचिव अर्याल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव पद्मा अर्यालले पार्टीको

तस्बिरमा हेर्नुहोस्, काठमाडौं र लुम्बिनीको प्रतिस्पर्धा

काठमाडौं– नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार जारी

बर्दिया घटनाबारे गठित छानविन समितिले थाल्यो काम  

काठमाडौं– नागरिकता नपाउँदा बर्दियामा बाबु-छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ धरापमा, १० ओभरमा ६ विकेटको क्षति ५१ रन

काठमाडौं– नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार जारी

सम्पादकसँग ईश्वर पोखरेलको अन्तर्क्रिया (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केपी ओली बाहेक