के हो यःमरि, कसरी बनाइन्छ त ? « Khabarhub

के हो यःमरि, कसरी बनाइन्छ त ?


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ उपत्यका लगायत देशभर छरिएर रहेका नेवार समुदायले आज यःमरि पुन्हि मनाउँदै छन् । यःमरि पुन्हि अर्थात् पूर्णिमाबाट औपचारिक रूपमा धान काट्ने कार्य सम्पन्न गरिन्छ । त्यसैले आजको दिनलाई धान्य पूर्णिमा पनि भनिन्छ ।

यःमरि के हो त ?
नयाँ धान कुटेर बनाएको चामलको पिठोलाई माछाको जस्तो स्वरूप बनाएर त्यस भित्र चाकु, तिल, खुवा राखेर पानीको बाफबाट यःमरि बनाइन्छ ।

यो तेल या अन्य चिल्लोपना नभएको परिकार स्वास्थ्यका हिसाबले हितकारी छ ।

यःमरि अत्यन्तै स्वादिष्ट हुन्छ, मैदाको पिठो भित्र तरकारी र मासुका किमा हालेर मःमः बनाए झैँ यःमरिलाई पनि पानीको बाफमा पकाउने गरिन्छ ।

यःमरि किन माछाको जस्तो आकार दिएर बनाइन्छ ?
यःमरिको त्रिकोणात्मक आकारले षट्कोणको अर्ध भागको रूपमा ज्ञानकी देवी सरस्वतीको प्रतिबिम्बको रूपमा लिने गरिन्छ ।

नेवार समुदायमा प्रचलित कथाअनुसारः धनका राजा कुबेर भेष बदलेर बाटोमा हिँडिरहेको बेलामा उनलाई सत्कार स्वरूप यःमरि खान दिइएको र त्यसपछि कुवेरले प्रसन्न भएर धनधान्यले अपार वरदान दिएको मानिन्छ ।

आजको दिन अन्न अथवा उब्जनीकी माता अन्नपूर्णालाई नयाँ उब्जनी अनि त्यसबाट बनेको खानेकुरा यःमरि चढाउने परम्परा चली आएको हो  । 

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ७ : ०३ बजे

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको

बडादसैँको टीका आज पनि लगाइँदै

काठमाडौँ– विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौँ– नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा

मध्यावधि चुनावपछि इरानमाथि अमेरिकी आक्रमणको आशङ्का, तेहरानले दियो कडा प्रतिकारको चेतावनी

एजेन्सी– अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी