प्रधानमन्त्री दाहालले आज राष्ट्रको नाममा सम्बोधन गर्ने « Khabarhub

प्रधानमन्त्री दाहालले आज राष्ट्रको नाममा सम्बोधन गर्ने


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेको अवसरमा उनले आज साँझ ५  बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री दाहालले एक वर्षको अवधिमा भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन सफल भएको दाबी गर्दै आएका छन् ।

दाहाल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलहरूको समर्थनमा २०७९ साल पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

तर, एमालेसँगको गठबन्धन दुई महिनामै भत्किएपछि दाहालले कांग्रेस, एकीकृत समाजवादी, जसपालगायत दलको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन् ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ७ : १० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी