गाई संरक्षण महायज्ञबाट नौ लाख ६७ हजार रुपैयाँ सङ्कलन « Khabarhub

गाई संरक्षण महायज्ञबाट नौ लाख ६७ हजार रुपैयाँ सङ्कलन


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

कैलाली– गौशालाको स्तरोन्नतिका लागि आयोजना गरिएको महायज्ञबाट नौ लाख ६७ हजार रुपैयाँ आम्दानी भएको छ । गत मङ्सिर १६ गतेबाट २३ गतेसम्म टीकापुर–२ सीतापुरमा आयोजना भएको महायज्ञबाट १७ लाख ९६ हजार आम्दानी भएको छ ।

महायज्ञमा आठ लाख २९ हजार खर्च भएको छ । खर्च कटाई नौ लाख ६७ हजार रुपैयाँ बचत भएको महायज्ञ आयोजक समितिले सार्वजनिक गरेको खर्च विवरणमा उल्लेख छ ।

महायज्ञ आयोजक समितिका संयोजक द्वारिकाप्रसाद जोशीले महायज्ञमा १२ लाख एक हजार दानबाट, चार लाख ४५ हजार कलश बिक्रीबाट, एक लाख ५१ हजार धानचामल बिक्रीबाट आय भएको जानकारी दिए । महायज्ञबाट सङ्कलन भएको रकम गाईको बासस्थानका लागि गोठ निर्माण र आहारा व्यवस्थापनमा खर्च हुनेछ ।

हाल गौशालामा सात सय बढी गाई छन् । विगतमा टीकापुर नगरपालिकाले संरक्षण गर्दै आएको पशुचौपायाको गत  जेठदेखि स्थानीय युवाले संरक्षण थालेका हुन् ।

विसं २०८० जेठ १४ गते संस्थामार्फत टीकापुरका केही युवाले वडा नं २ मा पालिएका छाडा चौपायालाई संरक्षण गरेर आयआर्जनको योजना बनाएका हुन् ।

गौशालाभित्र १५ कठ्ठा जग्गामा घाँसखेती गरिएको छ । त्यहाँ निर्माण गोबरग्यास प्लान्टबाट बिहानबेलुका दुईदुई घण्टा ५५ घरलाई खाना पकाउन बायोग्यास वितरण गरिएको छ ।

गौशाला संरक्षण गरिरहेका युवा गाई संरक्षणका लागि दीर्घकालीन आम्दानीका स्रोत चाहिन्छ भन्दै आम्दानीका माध्यम बनाउने प्रयासमा लागेका छन् । युवाले गाईको गोबर मल बिक्री गर्ने, गोबरबाटै दियो, धुपबत्ती, विभिन्न मूर्ति निर्माण गर्ने गरेका छन् ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ९ : ०९ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार