पोखरामा कारको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु « Khabarhub

पोखरामा कारको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पोखरामा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ पर्स्याङस्थित सिद्धार्थ बैंक अगाडि गएराति बा१३च ३७२१ नम्बरको कारले ठक्कर दिँदा दुईजना पैदलयात्रीको मृत्यु भएको हो ,

मृत्यु हुनेमा बागलुङको ढोरपाटन नगरपालिका–६ घर भइ हाल पोखरा–३ नदीपुर बस्दै आएका २० वर्षीय ढालेन्द्र छन्त्याल र पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको मृत्यु भएको कास्कीका प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए ।

दुर्घटनाको जानकारी पाए लगत्तै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको टोलीले घाइते दुवैलाई उपचारका लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारको क्रममा राति नै मृत्यु भएको हो । मृतकको शव अस्पतालमै रहेको छ ।

यात्रुलाई ठक्कर दिएपछि कार चालक कार छोडेर फरार रहेका छन् । कार भने प्रहरीले नियन्त्रणमा लिएको छ । चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ९ : २८ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र