बालिकामाथि बलात्कार गर्नेलाई जन्मकैदको सजाय « Khabarhub

बालिकामाथि बलात्कार गर्नेलाई जन्मकैदको सजाय


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

बारा– सात वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बाराको जितपुरसिमरा उपमहानगरपालिका– ७ स्थित काठ तथा फर्निचर मिलमा कार्यरत भुवन चौधरी भन्ने हेमन चौधरीलाई बारा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको एकल इजलासले चौधरीलाई जन्मकैदको फैसला सुनाएको हो । सो मुद्दामा पीडित बालिकाको तर्फबाट जिल्ला न्यायाधिवक्ता लोकराज पोखरेल र प्रतिवादी चौधरीको तर्फबाट नागेन्द्र राउतले बहस गरेका थिए ।

बारा जिल्ला अदालतले प्रतिवादी उपरको किटानी जाहेरी, घटनास्थलको मुचुल्का, घटनाको विवरण कागज तथा पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदन तथा चिकित्सकले अदालतमा गरेको बकपत्र, मौकामा बुझिएका मानिसहरूको भनाइलाई प्रमाणको रूपमा लिएर फैसला सुनाएको हो ।

उक्त घटनामा डा. सुरजकुमार चौरसियाले बालिकाको शारीरिक परीक्षण गरेका थिए । डा. चौरसियाको बयानमा पीडित बालिकाको बुबा र बुबाका साथी एउटै मिलमा काम गर्ने भएकाले छोरीलाई हेरविचारको लागि डेरा कोठामा छाडी जाने गरेका थिए ।

घटना भएको दिन पीडितको बुबाको साथीले बालिका सुतिरहेको अवस्थामा अर्को कोठामा लगेर जबरजस्ती करणी गरेका थिए ।  घटनापछि पीडित बालिका बोल्न नसक्ने अवस्थामा भेटिएकी थिइन् ।

प्रतिवादी भुवन चौधरी भन्ने हेमन चौधरी र पीडित बालिकाका बुवा लामो समयदेखि जितपुरसिमरा– ७ स्थित फर्निचर उद्योगमा सँगै काम गर्दै आएका साथी हुन् ।

२०७९ असोज ८ गते पीडित बालिकाका अभिभावक काम विशेषले हेटौँडा गएको बेला काठ मिलमा सँगै काम गर्ने भुवन चौधरीको घरमा उनीहरूले छोराछोरी छाडेका थिए ।

त्यही दिन चौधरीले राती करिब १० बजेको समयमा बालिकालाई सुतिरहेको ठाउँबाट उठाएर अन्यत्र लगेर जबरजस्ती करणी गरेका थिए ।

गत असोज ८ गते राति भएको घटनामा पीडित बालिकाका अभिभावकले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को ३ (क) बमोजिम सजायको माग गर्दै बारा जिल्ला अदालतमा अभियोग पत्र दायर गरेका थिए ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  १० : ०८ बजे

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि