युवा विदेशिँदा गाउँ रित्तिदै गयो : राष्ट्रपति पौडेल « Khabarhub

युवा विदेशिँदा गाउँ रित्तिदै गयो : राष्ट्रपति पौडेल


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमाथि गाउँगाउँमा शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युत्तीकरणको विकास भएपनि गाउँ रित्तिदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

सरस्वती बहुमुखी क्याम्पसको ६५औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्र पछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युत्तीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ रित्तिदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैले यस समस्याको समाधान खोज्नुपर्ने बताए । शिक्षा र रोजगारीका लागि दैनिक रुपमा हजारौं नेपाली युवाहरू विदेशिने क्रम रोक्नेगरी रोजगारी र सीपमूलक शिक्षा दिन जरुरी रहेकामा उनले जोड दिए ।

कुनै पनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकता अनुरूप निर्धारण हुनुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्‍याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता रहेको बताए ।

राष्ट्रपति पौडेलले धेरै शैक्षिक उन्नति र प्रगतिका बावजुद पनि सरस्वती क्याम्पसको भौतिक संरचना खासगरी अत्याधुनिक भवनलगायतको अभाव हुनु चिन्ताको विषय भएको भन्दै भौतिक पूर्वाधारलगायतमा सहयोग गर्न सरकारलाई आग्रह समेत गरे ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  १२ : १९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु