युवा विदेशिँदा गाउँ रित्तिदै गयो : राष्ट्रपति पौडेल « Khabarhub

युवा विदेशिँदा गाउँ रित्तिदै गयो : राष्ट्रपति पौडेल


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमाथि गाउँगाउँमा शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युत्तीकरणको विकास भएपनि गाउँ रित्तिदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

सरस्वती बहुमुखी क्याम्पसको ६५औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्र पछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युत्तीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ रित्तिदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैले यस समस्याको समाधान खोज्नुपर्ने बताए । शिक्षा र रोजगारीका लागि दैनिक रुपमा हजारौं नेपाली युवाहरू विदेशिने क्रम रोक्नेगरी रोजगारी र सीपमूलक शिक्षा दिन जरुरी रहेकामा उनले जोड दिए ।

कुनै पनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकता अनुरूप निर्धारण हुनुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्‍याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता रहेको बताए ।

राष्ट्रपति पौडेलले धेरै शैक्षिक उन्नति र प्रगतिका बावजुद पनि सरस्वती क्याम्पसको भौतिक संरचना खासगरी अत्याधुनिक भवनलगायतको अभाव हुनु चिन्ताको विषय भएको भन्दै भौतिक पूर्वाधारलगायतमा सहयोग गर्न सरकारलाई आग्रह समेत गरे ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  १२ : १९ बजे

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा

जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य गरौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायुजन्य विपद्

स्याङ्जामा फस्टाउँदै फूलखेती

वालिङ – पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या

ट्रम्पको टिप्पणीले अमेरिकी कूटनीतिक प्रतिबद्धताको खोक्रोपन उजागर गर्‍यो : इरान 

काठमाडौँ-  इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले अमेरिकाको कूटनीतिक प्रतिबद्धताको

तिहारसम्म सयपत्री फूल जोगाउन किसानलाई सकस, बजारको पनि चिन्ता

झापा- तिहार नजिकिँदै गर्दा झापाका सयपत्री फूल उत्पादक किसानलाई फूल टिप्ने