मार्क्सवादीले आफूलाई रूपान्तरण गर्न सकेनन् : प्रधानमन्त्री « Khabarhub

मार्क्सवादीले आफूलाई रूपान्तरण गर्न सकेनन् : प्रधानमन्त्री


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मार्क्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई रूपान्तरण गर्न नसकेको बताएका छन्। 

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा १३१ औँ ‘माओ दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा माओपछि निकै ठूलो फेरबदल आएपनि मार्क्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई रूपान्तरण गर्न नसकेको बताएका हुन् । उनले  मार्क्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने दर्शन भएको बताउँदै आजको सन्दर्भमा विचारको विकास नै कम्युनिष्ट आन्दोलनको प्रमुख चुनौती रहेको बताएका छन् । 

उनले सामाजिक न्याय, सुशासन र समृद्धिको बाटोबाटै समाजवादको आधार तयार हुनेमा जोड दिए । प्रधानमन्त्री प्रचण्डले विकास, सेवा र सुशासनको क्षेत्रमा सरकारले राम्रो काम गरिरहेको भन्दै आफ्नो कार्यकाल दोस्रो वर्षमा प्रवेश गर्दै गर्दा ती क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने समेत बताए । कामबाट परिणाम निकाल्नका लागि सरकार लागिरहेको भन्दै सिंहदरबारमा मन्त्रालय र सचिवहरूका कामलाई आफैँले समीक्षा र छलफल गरिरहेको उनको भनाइ थियो । 

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले पार्टीले चार महिनाका लागि सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान समापनलगत्तै अर्को अभियानको सुरुवात गरिने बताए । 

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  २ : ०५ बजे

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि