जनशक्ति नहुँदा सञ्चालनमा आएन आईसीयू « Khabarhub

जनशक्ति नहुँदा सञ्चालनमा आएन आईसीयू


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तम्घास– गुल्मी अस्पतालमा दुई वटा भेन्टिलेटर सहितको पाँच शैय्याको सघन उपचार कक्ष (आईसीयू) भवन निर्माण हुँदा पनि सञ्चालन हुन सकेको छैन । आइसीयु सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा विगत दुई वर्षदेखि भवनसमेत प्रयोगविहीन भएको छ । 

जिल्लाका नागरिकलाई तम्घासमै सर्वसुलभ स्वास्थ्य उपचार दिने उद्देश्यले आर्थिक वर्ष २०७७-७८ मा सघन उपचार कक्ष ( आईसीयू) भवनको निर्माण गरिएको थियो । भवन सञ्चालनमा नआउँदा एकातर्फ बिरामी आइसीयुको सेवा लिन पाल्पा जान बाध्य छन् भने अर्कोतर्फ निर्माण गरिएका संरचना प्रयोग नभएर धुलाम्य बनेका छन् । 

‘भवनको बजेट परेका बेला दलका नेतालाई जस लिनको भ्याइनभ्याइ भयो, तर अहिले सञ्चालनमा कसैले चासो दिएनन्’, अस्पतालमा सेवा लिन आएका धुर्कोट गाउँपालिका–५ वस्तुका महेन्द्र भण्डारीले भने, ‘छिटोभन्दा छिटो सञ्चालन गरेमा आइसीयुको सेवा लिन पाल्पा वा बुटबल जानुपर्ने बाध्यता हट्ने थियो ।’

 आईसीयूको संरचना निर्माणमा हालसम्म रु ३५ लाख ५२ हजार तीन सय ६२ र उपकरण खरिदमा रु ६६ लाख २६ हजार नौ सय २५ गरी कूल रु एक करोड एक लाख ७९ हजार दुई सय ८७ खर्च भएको छ । प्रदेश सरकारअनुसार अस्पताल विकास समिति परिवर्तन हुने हुँदा त्यसको  असर अस्पतालमा परेको छ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ७ : २२ बजे

एक हिट खोजिरहेका ‘मुन्द्रे’

काठमाडौं – दीपक-दीपा क्याम्पबाट बाहरिएपछि जितु नेपाल ‘मुन्द्रे’ तङ्ग्रिन सकेका

खेलको दोस्रो मिनेटमै टर्कीविरुद्ध पराग्वेको पहिलो गोल

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा

फिफा विश्वकप २०२६ : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध