‘अलगै लेभलका मान्छे’ भनेको तीन दिनमै बालेनमाथि खनिए सीके राउत « Khabarhub

‘अलगै लेभलका मान्छे’ भनेको तीन दिनमै बालेनमाथि खनिए सीके राउत

प्रदेश सभा खारेजीको एजेण्डा ‘राजनीतिक बेइमानी’


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनबाट पारित ‘प्रदेश सभा खारेजी’को एजेण्डाबारे कडा आलोचना गरेका छन्।

तीन दिनअघि मात्रै रास्वपा प्रथम महाधिवेशनको मञ्चबाट वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहको खुलेर प्रशंसा गरेका राउतले बुधबार आक्रोश पोखेका छन्। उनले प्रदेश संरचना खारेज गर्ने गरी महाधिवेशनबाट पारित रास्वपाको उक्त प्रस्तावलाई ‘चरम राजनीतिक बेइमानी’को संज्ञा दिएका हुन्।

बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राउतले सबै राजनीतिक दललाई आफ्नो एजेण्डा राख्ने स्वतन्त्रता भए पनि रास्वपाले प्रदेश सभा खारेजी मुद्दा बोक्नु जनतामाथिको धोका भएको बताएका छन्।

उनले निर्वाचनका बेला मधेश, संघीयता र प्रदेशको अधिकारको पक्षमा उभिएर रास्वपा सभापति रवि लामिछाने र बालेनले मत मागेको स्मरण गराए । तर अहिले प्रदेश सभा नै खारेज गर्ने प्रस्ताव पारित गराउनु राजनीतिक इमानविपरीत भएको कडा टिप्पणी उनले गरेका छन् ।

‘भोट माग्ने बेलामा मधेशी भाषामा सम्बोधन गर्ने, प्रदेशलाई बलियो बनाउने वाचा गर्ने, त्यसकै आधारमा तराई-मधेशमा व्यापक जनमत प्राप्त गर्ने अनि अहिले आएर प्रदेश सभा खारेजीको एजेण्डा पारित गराउनु जनतासँगको धोका हो,’ राउतले लेखेका छन्।

उनले प्रदेश कायम राखेर प्रदेश सभा हटाउने अवधारणालाई पनि अस्वीकार गरेका छन्। व्यवस्थापिकाबि प्रदेश केवल प्रशासनिक इकाइमा सीमित हुने बताउँदै राउतले त्यसबाट संघीयताको मर्म पूरा हुनै नसक्ने दाबी पनि गरे ।

राउतले स्थानीय तह (पालिका) का प्रमुखहरूलाई समेटेर प्रदेश सभा बनाउने प्रस्तावसमेत व्यवहारिक नभएको टिप्पणी गरेका छन् । उनले कार्यकारी जिम्मेवारीमा रहेका जनप्रतिनिधिलाई विधायिकी कामको अतिरिक्त बोझ बोकाउनु उपयुक्त नहुने तर्क पनि गरेका छन्।

रोचक त के छ भने, यही आइतबार चितवनमा रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राउतले बालेनको खुलेर प्रशंसा गरेका थिए।

उनले बालेनलाई ‘अलगै लेभलका मान्छे’ भन्दै परम्परागत राजनीतिक सोचभन्दा फरक ढंगले काम गर्ने नेतृत्वका रूपमा चित्रित गरेका थिए।

राउतले बालेन समस्याको जड पहिचान गरेर समाधान खोज्ने व्यक्ति भएको उल्लेख गर्दै हिमाल, पहाड र तराईका जनतामाझ उनको लोकप्रियता रहेको बताएका थिए।

उनले मधेशी समुदायका एक युवा राष्ट्रिय नेतृत्वको केन्द्रमा पुगेको भन्दै त्यसलाई सकारात्मक राजनीतिक सन्देशका रूपमा व्याख्या गरेका थिए।

उनले त्यसबेला ‘यो महाधिवेशन मात्र नभई क्रान्तिको महोत्सव हो’ भन्दै बालेनप्रति जनताको विश्वास रहेको जिकिर गरेका थिए । महाधिवेशनभन्दा बालेनको प्रशंसामा समय खर्चिएका उनले जनतालाई केन्द्रमा राखेर काम गर्न सुझावसमेत दिएका थिए।

तर महाधिवेशनबाट प्रदेश सभा खारेजीको एजेण्डा पारित भएपछि राउतले त्यसको सार्वजनिक रूपमा विरोध जनाएका छन्।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  २ : ४७ बजे

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाहाखाले हाल

विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा

अमेरिका-साउदीले गरे आणविक सम्झौता: ऊर्जा सहकार्य कि नयाँ सुरक्षा जोखिम ?

काठमाडौँ – अमेरिका र साउदी अरेबियाबीच एक महत्त्वपूर्ण परमाणु सम्झौतामा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन ७ गते बिहीबार सन् २०२६