दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा प्रधानमन्त्री दाहालले गरे देशवासीको नाममा सम्बोधन,  किरात समुदायले मनाए उद्यौली पर्व, युवा विदेशिँदा गाउँ रित्तिदै गयो: राष्ट्रपति पौडेल, अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री, मोहन श्रेष्ठको टिप्पणी-प्रचण्ड सरकारको एक वर्ष काण्डै काण्डमा बित्यो, सुपरमाई हाइड्रोको उत्पादन बन्दलगायतका समाचारले प्रमुख स्थान पाए  ।

प्रधानमन्त्री दाहालले गरे देशवासीको नाममा सम्बोधन

प्रधानमन्त्री पुष्पकमल दाहालले देशवासीको नाममा सम्बोधन गरेका छन् । आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री दाहालले देशवासीका नाममा सम्बोधन गरेका हुन् ।

 किरात समुदायले मनाए उद्यौली पर्व


किरात समुदायले हरेक वर्ष मनाउँदै आएको उद्यौली पर्व विभिन्न कार्यक्रम गरी यसवर्ष पनि भव्य रुपले मनाउन जुटेका छन् । किरातजन्य सामाजिक सङ्घ संस्थाले अघिल्ला वर्षझैं यसवर्ष पनि विशेष उत्सवका साथ उँद्यौली पर्व मनाउने तयारीमा जुटेका हुन् ।

प्रतिनिधिसभा निर्वाचनमा पराजित सिटौला र कोइराला कोशीबाट राष्ट्रियसभाका लागि सिफारिस
आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले आकांक्षीको नाम सिफारिस गरेको छ ।

कांग्रेस कोशी प्रदेशको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि पार्टीबाट आकांक्षीको नाम सिफारिस गरेको हो । निर्वाचनका लागि कांग्रेसले जिल्लाबाट आएका नामलाई क्रमैसँग राखेर केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको जनाएको छ ।

मार्क्सवादीले आफूलाई रूपान्तरण गर्न सकेनन् : प्रधानमन्त्री
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मार्क्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई रूपान्तरण गर्न नसकेको बताएका छन्।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा १३१ औँ ‘माओ दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा माओपछि निकै ठूलो फेरबदल आएपनि मार्क्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई रूपान्तरण गर्न नसकेको बताएका हुन् ।

युवा विदेशिँदा गाउँ रित्तिदै गयो : राष्ट्रपति पौडेल


राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमाथि गाउँगाउँमा शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युत्तीकरणको विकास भएपनि गाउँ रित्तिदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

सरस्वती बहुमुखी क्याम्पसको ६५औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्र पछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युत्तीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ रित्तिदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रका सूचक सकारात्मक देखिएको बताए ।

मोहन श्रेष्ठको टिप्पणी-प्रचण्ड सरकारको एक वर्ष काण्डै काण्डमा बित्यो
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएको मंगलबार एक वर्ष पूरा भएको छ ।

१० पुस २०७९ मा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनी नेतृत्वको सरकारको एक वर्ष पूरासँगै समीक्षा भइरहेको छ ।

उत्खनन हुँदै जाँदा तटबन्ध गरेर काम छैन : मन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली नदीमा उत्खनन सँगसँगै गरेको तटबन्धको कुनै औचित्य नहुने बताएका छन् ।

राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरीया सिँचाइ आयोजनाको आज स्थलगत अनुगमनका क्रममा उनले कर्णाली नदी नियन्त्रणका लागि भएको तटबन्ध कमजोर हुनुको कारण नदीजन्य पदार्थको उत्खनन रहेको बताएका हुन् ।

सुपरमाई हाइड्रोको उत्पादन बन्द
इलाममा सञ्चालित सुपरमाई हाइड्रोपावरको उत्पादन स्थानीयद्वारा बन्द गरिएको छ । हाइड्रोले छोड्नुपर्ने जति पानी खोलामा नछोडेको र स्थानीयको माग सम्बोधन नगरेको भन्दै स्थानीयवासीले सोमबार रातिदेखि उत्पादन बन्द गराएका हुन् ।

भूकम्पपीडितका ११ हजार घर निर्माण
जाजरकोट भूकम्पका ६७ हजार बढी लाभग्राहीमध्ये आजसम्म ११ हजार तीन सय ३६ घर ९अस्याथी आवास० निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण अनुसार अन्य १० हजार एक सय १८ घर निर्माणाधीन छन् ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ९ : ०३ बजे

आईपिएलका रोचक ‘कम ब्याक’: चर्चामा कोहली

रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी)को शानदार ‘कम ब्याक’ यस आईपिएलको मुख्य

भारतसँग जोडिएका पर्साका सीमानाका तीन दिन बन्द हुने

पर्सा– भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका वीरगञ्जसहित

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति बनाउने

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक