चीनमा अध्ययन गर्ने अमेरिकी विद्यार्थीको सङ्ख्या ह्वात्तै घट्यो | Khabarhub Khabarhub

चीनमा अध्ययन गर्ने अमेरिकी विद्यार्थीको सङ्ख्या ह्वात्तै घट्यो


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- दुई मुलुकबीचको सम्बन्ध चिसिँदै जाँदा चीनमा अध्ययन गर्ने अमेरिकी विद्यार्थीको सङ्ख्यामा कमी आएको पाइएको छ । भ्वाइस अफ अमेरिकाका अनुसार चीनमा अध्ययन गर्ने अमेरिकी विद्यार्थीको सङ्ख्यामा उल्लेख्य गिरावट आएको छ ।

हालै एक सम्बोधनका क्रममा चीनका लागि अमेरिकी राजदूत निकोलस बन्र्सले ६–७ वर्षअघि चीनमा अध्ययन गर्ने अमेरिकी विद्यार्थीको सङ्ख्या १५ हजारसम्म रहेपनि सन् २०२२ मा यो घटेर २५० मा खुम्चेको छ । सन् २०२३ मा भने यो केही बढेर ७०० सम्म पुगेको उनको भनाइ छ ।

अमेरिकी आन्तरिक राजनीतिमा चीनप्रतिको धारणा नकारात्मक हुँदै जाँदा चीनमा अध्ययन गर्ने अमेरिकी विद्यार्थीको सङ्ख्या पनि घटेको बताइएको छ ।

पछिल्ला केही वर्षमा कोरोना भाइरसको महामारीका कारण चीन र अमेरिकामा एक अर्को मुलुकका विद्यार्थीले कठिनाइको सामना गर्नुपरेको थियो ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  १२ : ५८ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित