मलको चरम अभाव भएपछि पाकिस्तानका किसान आक्रोशित | Khabarhub Khabarhub

मलको चरम अभाव भएपछि पाकिस्तानका किसान आक्रोशित


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानका किसानले युरिया मलको चरम अभाव भएको भन्दै आक्रोश पोखेका छन् । पाकिस्ताको पञ्जाब प्रान्तस्थित भावलनगरका स्थानीय किसानहरुले युरिया मलको कृत्रिम अभाव भएको र सरकारले पनि आफूहरुको समस्या समाधान गर्न ध्यान नदिएको आरोप लगाएका हुन् ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार कृषि अधिकारी र व्यापारीको मिलेमतोमा युरिया मलको अभाव सिर्जना भएको किसानहरुको आरोप छ । किसानहरुका अनुसार औपचारिक बजारमा मल नपाइएपनि कालोबजारमा भने ५ हजार पाकिस्तानी रुपैयाँ प्रतिबोरा मल पाइन्छ, जुन १५ सय रुपैयाँ महङ्गो हो ।

भावलनगर किसान बोर्डका अध्यक्ष मियाँ नजीर चाकोकाले डनलाई बताएअनुसार मलको कृत्रिम अभावले पूरै जिल्ला प्रभावित भएको छ । उनले स्थानीय प्रशासनले मलको अभावलाई राजनीतिक हतियारका रुपमा प्रयोग गरेको पनि आरोप लगाए ।

उनले निश्चित नेताको सिफारिसमा मात्रै प्रशासनले मल दिने गरेको र मल लिन पनि प्रशासनलाई घुस दिनुपर्ने बाध्यता रहेको बताए ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ३ : ४४ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग