मलको चरम अभाव भएपछि पाकिस्तानका किसान आक्रोशित « Khabarhub

मलको चरम अभाव भएपछि पाकिस्तानका किसान आक्रोशित


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानका किसानले युरिया मलको चरम अभाव भएको भन्दै आक्रोश पोखेका छन् । पाकिस्ताको पञ्जाब प्रान्तस्थित भावलनगरका स्थानीय किसानहरुले युरिया मलको कृत्रिम अभाव भएको र सरकारले पनि आफूहरुको समस्या समाधान गर्न ध्यान नदिएको आरोप लगाएका हुन् ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार कृषि अधिकारी र व्यापारीको मिलेमतोमा युरिया मलको अभाव सिर्जना भएको किसानहरुको आरोप छ । किसानहरुका अनुसार औपचारिक बजारमा मल नपाइएपनि कालोबजारमा भने ५ हजार पाकिस्तानी रुपैयाँ प्रतिबोरा मल पाइन्छ, जुन १५ सय रुपैयाँ महङ्गो हो ।

भावलनगर किसान बोर्डका अध्यक्ष मियाँ नजीर चाकोकाले डनलाई बताएअनुसार मलको कृत्रिम अभावले पूरै जिल्ला प्रभावित भएको छ । उनले स्थानीय प्रशासनले मलको अभावलाई राजनीतिक हतियारका रुपमा प्रयोग गरेको पनि आरोप लगाए ।

उनले निश्चित नेताको सिफारिसमा मात्रै प्रशासनले मल दिने गरेको र मल लिन पनि प्रशासनलाई घुस दिनुपर्ने बाध्यता रहेको बताए ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ३ : ४४ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका