झापामा १० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन सुरु « Khabarhub

झापामा १० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन सुरु


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

झापा – झापामा सौर्य ऊर्जा उत्पादन सुरु भएको छ । १० मेगावाट क्षमताको झापा इनर्जीले आजबाट उर्जा उत्पादन सुरु गरेको हो । शिवसताक्षी–४ मा रहेको परियोजनाबाट उत्पादित उर्जालाई परीक्षणका लागि नेपाल विद्युत प्राविधिकरणको बुलोचोक शवस्टेशनमा जडान गरिएको कम्पनीका कार्यक्रम अधिकृत नारायण प्रसाद पोखरेलले जानकारी दिए ।

सञ्चालक पोखरेलका अनुसार १५ दिनसम्म परीक्षणकालिन उत्पादन हुने र त्यसपछि निरन्तर उत्पादन हुनेछ । ‘परीक्षणकालीन उत्पादन भएको ऊर्जा राज्यलाई निशुल्क प्रदान गर्नुपर्ने व्यवस्था छ’, पोखरेलले भने, ‘त्यसपछिको उत्पादन राज्यले खरिद गर्नेछ ।’ ८१ करोडको लगानीमा चार वर्षअघि परियोजनाको निर्माण सुरु भएको थियो । २१ विगाहा जमिनमा फैलिएको परियोजनाको निर्माण सम्पन्न भएको झापा इनर्जीका प्रबन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिए ।

माछापुच्छ्रे र सिभिल बैकको ७५ प्रतिशत वित्तीय साझेदारी रहेको परियोजनामा २५ प्रतिशत पब्लिक शेयरबाट लागत रकम जुटाइएको छ ।

झापा इनर्जीले उत्पादन गरेको उर्जा नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच खरिदका लागि यसअघि नै सम्झौता भइसकेको छ । सम्झौता अनुसार परियोजनाबाट उत्पादित विजुली विद्युत प्राधिकरणले प्रतियूनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्नेछ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  १० : ४७ बजे

नागरिक असन्तुष्टि केलाएर नयाँ सङ्कल्पका साथ अघि बढ्नेछौँ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक

पार्टी सभापतिलाई बन्द सत्र सम्बोधन गर्न नेताहरूको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको

महाधिवेशनले चाहे नीति र नेता दुबै पनि फेर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहेमा नेता र

चुनाव आउँछ जान्छ, नागरिकको भरोसा जोगाउनु छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव आउने जाने क्रम