झापामा १० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन सुरु « Khabarhub

झापामा १० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन सुरु


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

झापा – झापामा सौर्य ऊर्जा उत्पादन सुरु भएको छ । १० मेगावाट क्षमताको झापा इनर्जीले आजबाट उर्जा उत्पादन सुरु गरेको हो । शिवसताक्षी–४ मा रहेको परियोजनाबाट उत्पादित उर्जालाई परीक्षणका लागि नेपाल विद्युत प्राविधिकरणको बुलोचोक शवस्टेशनमा जडान गरिएको कम्पनीका कार्यक्रम अधिकृत नारायण प्रसाद पोखरेलले जानकारी दिए ।

सञ्चालक पोखरेलका अनुसार १५ दिनसम्म परीक्षणकालिन उत्पादन हुने र त्यसपछि निरन्तर उत्पादन हुनेछ । ‘परीक्षणकालीन उत्पादन भएको ऊर्जा राज्यलाई निशुल्क प्रदान गर्नुपर्ने व्यवस्था छ’, पोखरेलले भने, ‘त्यसपछिको उत्पादन राज्यले खरिद गर्नेछ ।’ ८१ करोडको लगानीमा चार वर्षअघि परियोजनाको निर्माण सुरु भएको थियो । २१ विगाहा जमिनमा फैलिएको परियोजनाको निर्माण सम्पन्न भएको झापा इनर्जीका प्रबन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिए ।

माछापुच्छ्रे र सिभिल बैकको ७५ प्रतिशत वित्तीय साझेदारी रहेको परियोजनामा २५ प्रतिशत पब्लिक शेयरबाट लागत रकम जुटाइएको छ ।

झापा इनर्जीले उत्पादन गरेको उर्जा नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच खरिदका लागि यसअघि नै सम्झौता भइसकेको छ । सम्झौता अनुसार परियोजनाबाट उत्पादित विजुली विद्युत प्राधिकरणले प्रतियूनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्नेछ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  १० : ४७ बजे

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा – यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल

युक्रेन युद्ध वार्ताका लागि अमेरिकी दूतहरू मस्कोमा

काठमाडौं – रूस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक