यी हुन् दैनिक तनाव कम गर्ने १० उपाय | Khabarhub Khabarhub

यी हुन् दैनिक तनाव कम गर्ने १० उपाय



काठमाडौँ – ‘कस्तो तनाव छ यार कामै गर्न सकिएन, यो तनावले पनि कहिले नछाड्ने भो, आज दिमागले कामै गर्न सकेको छैन, साह्रै तनाव पो भयो..’ प्राय धेरैको मुखमा झुण्डिरहने शब्द हुन् यी।

चिया पसलदेखि पाँचतारे होटेलसम्म, घरदेखि अफिससम्म, सडकदेखि संसद्सम्म तनावै तनाव देखिन्छ। तनाव हुने कारण धेरै छन्। त्यसमध्ये एक हो महत्त्वाकाङ्क्षा ।

आजको डिजिटल युगले हाम्रो समाजलाई परिवर्तनशील बनाएको छ। पुरुष मात्र होइन महिलाहरूसमेत घरबाहिरको विभिन्न जिम्मेवारीमा आएका छन्। परिवर्तित जिम्मेवारी तथा भूमिकाले मानिसहरूलाई खुसी, स्वतन्त्र, आत्मनिर्भर तथा सफल पनि बनाएको छ । यद्यपि तनाव पनि सँगसँगै छ। तनावबाट मुक्त हुनका लागि आत्मविश्वास कायम राखिरहनु, खुसी हुनु, दैनिक बाधा अवरोधलाई सामान गर्नका लागि उपाय अपनाउनुलाई सामान्यतया स्वस्थ मानसिकता अथवा मानसिक स्वास्थ्य राम्रो भएको मानिन्छ। शारीरिक स्वास्थ्य जत्तिकै तपाईँले आफ्नो मानसिक स्वास्थ्यमा ध्यान दिनु पनि उत्तिकै जरुरी हुन्छ।

१. व्यक्तिगत सम्बन्ध 
तपाईँको जीवनमा साथ दिने सहयोग गर्ने मानिसहरूसँग राम्रो र स्वस्थ सम्बन्ध राख्नुस्। मानसिक स्वास्थ्यमा व्यक्तिगत सम्बन्धको धेरै ठुलो भूमिका हुन्छ।

२. मनोरञ्जनलाई समय दिनुस् 
आफ्नो दैनिक कार्यमा तपाईँले भित्रबाटै गर्न मन पराउने क्रियाकलाप गर्नुहोस्। नाचगान खेल आदिको लागि समय निकाल्नु पनि अत्यन्त जरुरी हुन्छ।

३. समूहमा सहभागी
आफ्नो जस्तै रुचि भएका साथीको समूहमा सहभागी हुने र रुचिका विषयमा बिचार र भावना आदानप्रदान गर्दा तपाईँलाई मानसिक रूपमा स्वस्थ रहन मद्दत गर्छ।

४. सामुदायिक क्रियाकलाप 
सामुदायिक क्रियाकलापमा सहभागी हुने गर्नाले आफूले समुदायलाई केही दिन सकेको खुसी मिल्छ। समुदायको विकास निर्माण, जनचेतना, सामुदायिक हितका कार्यक्रममा स्वयंसेवक बनी आफ्नो श्रम, ज्ञान र अनुभव बाँड्नुहोस्।

५. आफ्नो हेरचाह 
आफ्नो खानपान, सरसफाइ, स्वास्थ्य आदिमा ध्यान दिनु आवश्यक छ। यसले तपाईँको मानसिक स्वास्थ्यमा टेवा पुर्‍याउँछ।

६. तनावको सामना 
तपाईँलाई कस्तो अवस्था र व्यवहारले तनावमा ल्याउँछ र तनावको बेला तपाई कसरी प्रतिवाद गर्नुहुन्छ? यो आफैँले बुझ्न जरुरी हुन्छ। निरन्तर अभ्यास गरेर तनावको प्रभाव आफूमा कम गर्न सक्नुहुन्छ।

८. पुनर्ताजकी 
मानसिक रूपमा स्वस्थ रहन निन्द्राको ठुलो भूमिका हुन्छ। नियमित रूपमा सही समयमा सुत्ने र उठ्ने गर्दा तपाईँ स्वस्थ रहनुहुन्छ। यसैगरी दिनभरिको कामको बीचबीचमा केही छोटो समय निकालेर कामको तनावबाट पर रहने, टिभी हेर्ने, साथीभाइसँग कुराकानी गर्ने गर्नाले पुनः ताजा भई प्रभावकारी रूपमा काम सम्पन्न गर्न सकिन्छ।

९. डिजिटल उपकरण नचलाउने दिन बनाउनुहोस्
हामीलाई काममा रचनात्मक हुन र नयाँ विचारहरू ल्याउन नदिने सबैभन्दा ठुलो अवरोध तनाव रहेको अध्ययनकर्ताहरूको निष्कर्ष छ। मोबाइल फोन बोकेका हामीहरू पहिलेभन्दा धेरै तनाव महसुस गरिरहेका छौँ। त्यसैले यो तनाव कम गर्ने एउटा आरामदायी सप्ताहान्तजस्तो फुर्सदको समय निकाल्नु राम्रो उपाय हो। यसका लागि तपाईँले मोबाइल फोन, ट्याब्लेट वा कम्प्युटरजस्ता डिजिटल सामग्री प्रयोग गर्नबाट रोक्नुपर्छ। फेरि ताजा हुन सप्ताहान्तमा यस्ता उपकरणबाट आफूलाई मुक्त राख्नुपर्छ।

१०. कुरा गर्नुहोस् 
कम्पनी/कार्यालयमा कसरी नवीन वातावरण बनाउन सकिन्छ भनेर तीन जना मानिस छलफलमा हुने कार्यालय रचनात्मक हुन सक्छ। म्यासचुसिट्स इन्स्टिट्युट अफ टेक्नोलजीले गरेको रोचक अनुसन्धानले कार्यालयमा सिर्जनशीलता र रचनात्मकता बढाउने सबैभन्दा उत्तम उपाय त्यहाँ हुने कुराको मात्रा भएको देखाएको छ। अनुसन्धानकर्ता बेन वाबर भन्छन्, ‘तपाईँको कार्यालयमा सिर्जनात्मक वातावरण बढाउन त्यहाँको कफी बनाउने मेसिनको स्थान सार्नु एउटा उत्तम उपाय हो।’

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ८ : २३ बजे

बाबुराम र जनार्दनलाई साक्षी राखेर सुदन, सन्तोष र दुर्गाबीच ५ बुँदे सहमति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार, प्रगतिशील राष्ट्रिय

राष्ट्रपति रनिङ शिल्ड तथा विश्वविद्यालय खेलकुद प्रतियोगिताका लागि निजी क्षेत्रसँग सहकार्य

काठमाडौं– केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड तथा विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजनाका

संसद् पुनर्स्थापना नै संवैधानिक समाधान : सभामुख घिमिरे

सुरुङ्गा– सभामुख देवराज घिमिरेले संसद् विघटनलाई गैर संवैधानिक, गैर कानुनी

कबड्डी टोली बंगलादेश जाने

काठमाडौं– दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८

करोडौँ मूल्यका नगरबस प्रयोगविहीन

राँझा– नेपालगञ्ज उपमहानगरपालिकाका नगरबस प्रयोगविहीन अवस्थामा बसपार्कमा थन्किएका छन् ।  उपमहानगरपालिकाले