मध्यपहाडी लोकमार्गको पातिहाल्ने-लुकुम खण्ड अलपत्र  « Khabarhub

मध्यपहाडी लोकमार्गको पातिहाल्ने-लुकुम खण्ड अलपत्र 


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व– राष्ट्रिय गौरवको आयोजनामध्येको मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्लाको भूमे गाउँपालिका–१ पातिहाल्ने–लुकुम खण्डको काम अलपत्र भएको छ । तेह्र किलोमिटर लामो रहेको पातिहाल्ने-लुकुम खण्डको कालोपत्र तयारीको काम अलपत्र परेको हो । आर्थिक वर्ष २०७२-७३ मा कालोपत्र तयारी कामका लागि लागेको ठेक्का पछिल्लो डेढ वर्षदेखि अलपत्र अवस्थामा छ । कालोपत्रका लागि जिम्मा पाएको सिद्धिशाही प्रकाश कन्स्ट्रक्सन प्रालि सम्पर्कविहीन भएपछि उक्त खण्डको काम अलपत्र अवस्थामा पुगेको हो ।

कालोपत्रका लागि ठेक्का पाएको निर्माण व्यवसाय डेढ वर्षदेखि सम्पर्कविहीन बन्दा यस खण्डको काम अघि बढ्न नसकेको मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखका इञ्जीनियर हुमनाथ पौडेलले जानकारी दिए। यस खण्डमा कालोपत्रका लागि ३८ करोड हाराहारीमा बजेट विनियोजन गरिएको थियो । 

उक्त बजेटबाट हाल रु ३० करोड हाराहारी काम भएको पौडेलको भनाइ छ । रु ३० करोड बजेट खर्च हुँदा ८२ प्रतिशत काम भएको इञ्जीनियर पौडेलले बताए । कालोपत्रका लागि ग्राभेल, नाली कटिङ, ग्यावियन तथा जाली हाल्ने काम अन्तिम चरणमा रहेको उनले बताए ।

कामको जिम्मा पाएको ठेकेदार सम्पर्कविहीन भएपछि मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखले ठेक्का तोड्न सूचना प्रकाशन गरेको थियो । उक्त सूचना प्रकाशन भएपछि सिद्धिशाहीका ठेक्का साझेदारी निर्माण व्यवसाय खिन्टी महादेव कन्स्ट्रक्सन सम्पर्कमा आएको इञ्जीनियर पौडेलले जानकारी दिए । समयमै काम सम्पन्न गर्न नसकेपछि विभिन्न मितिमा तीनपटकसम्म म्याद थप गरिसकिएको छ । अहिले चौथोपटक आउँदो असार मसान्तसम्मका लागि म्याद थप गरिएको छ ।

काम अलपत्रमा पारी काम गर्न जिम्मा पाएको निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि खिन्टी महादेव कन्स्ट्रक्सन काम गर्न सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिए । खिन्टी महादेव कन्स्ट्रक्सनलाई स्थानीयवासीले तत्कालै काम नगर्न अनुरोध गरेका थिए । यसअघि काम गरेका मजदुरलाई सिद्धिशाहीले ज्यालासमेत नदिएको स्थानीय मजदुरले बताएका छन् । मजदुरले काम गरेबापतको पैसा नपाउनु दुःखद् भएको प्रजिअ सुनुवारले बताए ।

मध्यपहाडी राजमार्गको रुकुमपूर्व खण्डको अधिकांश क्षेत्रमा कालोपत्र भइसकेको छ । पातीहाल्ने-लुकुम खण्डमा कालोपत्र नहुँदा खोलाको पानीले सडक चिराचिरा पारेर यातायातका साधनलाई आवागमनमा असहज भइरहेको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १२ : २१ बजे

एउटै क्षेत्रमा १५-२० हेलिकप्टर कसरी उड्छन् ?

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा एकैपटक १५–२० वटा हेलिकप्टर उद्धार तथा

काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

काठमाडौं– सरकारले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रार पदमा विराज सिंह थापालाई नियुक्त

विष्णु माझीले ल्याइन् तीज गीत

काठमाडौं– गायिका विष्णु माझीले तीज गीत ‘घरबार’ ल्याएकी छन् ।

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

वालिङ– भोटेकोशी बाढीमा परी घाइते भएकाहरूका लागि स्याङ्जामा रगत सङ्कलन गरिएको

‘मन भक्कानिदा बिलौना गर्ने समय छैन’

यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो