सिराहामा वन कर्मचारीकै मिलेमतोमा काठ तस्करी « Khabarhub

सिराहामा वन कर्मचारीकै मिलेमतोमा काठ तस्करी


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सिराहा – सिराहामा सव-डिभिजन कार्यालयकै कर्मचारीको मिलेमतोमा काठ तस्करी हुने गरेको स्थानीयहरूले आरोप लगाएका छन्। जिल्लास्थितका डिभिजन वन कार्यालय लहान र मातहतका सव डिभिजन कार्यालय कर्मचारीको संलग्नतामा काठ तस्करी भइरहेको स्थानीयहरूले आरोप लगाएका हुन्।

डिभिजन वन कार्यालयको मातहतमा रहेको सव डिभिजन कार्यालयको कर्मचारीहरुकै मिलेमतोमा यस क्षेत्रबाट व्यापक रुपमा काठ तस्करी हुने गरेको स्थानीयहरू बताउँछन्। जिल्लाको गोलबजार नगरपालिका–३ जम्दहको चोरपानेबाट दुई ट्याक्टरभन्दा बढी अवैध रुपमा तस्करले फडानी गरी राखिएको अवस्थामा खयरको काठ बरामद गरेको वन कार्यालय लहानले जनाएको छ।

ईन्द्रेणी सेवा समाजद्वारा संरक्षित ऐलानी पर्ती जमिनमा लगाइएको खयरको रुख तस्करले कटान गरी लुकाएर राखेको अवस्थामा स्थानीयले जानकारी गराएपछि वनले काठ नियन्त्रणमा लिएको हो।यहाँका सामुदायिक वनको काठ सव डिभिजन वन कर्मचारीको सेटिङमै अवैध रुपमा फडानी गरी चोरी निकासी हुने गरेको स्थानीय आनन्द कुमार सुनाउँछन्।

उनले रुख फडानी भइरहेको विषयमा स्थानीयहरूले सव डिभिजन वन कार्यालयका कर्मचारीलाई पटक-पटक जानकारी गराउँदासमेत बेवास्ता गरेको गुनासो पोखे। काठ तस्करी रोक्न डिभिजन र सव डिभिजनका प्रमुखहरूलाई समेत जानकारी गराउँदा बेवास्ता गरेको उनको गुनासो छ।

‘काठ तस्करी र नियन्त्रणमा न वनको सक्रियता देखाएको छ न प्रहरीले नै,’ उनले थपे, ‘नियामक निकायकै मिलेमतोमा काठ तस्करी बढेको छ। वन फडानीबारे जानकारी गराउँदा वन कर्मचारी सुन्दैनन्। तस्करी भइरहेको जानकारी गराउँदा प्रहरी वास्ता गर्छन् न। वन र प्रहरीको मौनताले काठ तस्करीमा उनीहरुको सेटिङ प्रष्ट देखिन्छन्।’

खबर पाउना साथ डिभिजन वन कार्यालयको टोलीले शुक्रबार करिब ७० क्युविफिट काठ बरामद गरेको सिरहाका प्रमुख निमित्त डिभिजनले वन अधिकृत शैलेन्द्र कुमार मिश्रले जानकारी दिए। बरामद काठ ल्याउने काम भइसकेको र फडानी गर्नेको परिचय पनि छिटै खुलिने अधिकृत मिश्रले बताए। अनुसन्धानकै क्रममा रहेकाले तत्काल सबै कुरा भन्न नसक्ने वन कार्यालय प्रमुख मिश्रको भनाइ छ।

अवैध रुपमा काठ तस्करी गर्ने गोलबजार–३ कै दुःखी नामले परिचित ज्ञानकुमार साह रहेको एक स्थानीयले बताए। यसअघि पनि उनले खयरका रुख काटेको विषयमा स्थानीयस्तरमा सचेत गराए पनि एकपटक वन कार्यालयको मिलेमतोमा जंगलको काठ फडानी गरी अवैध रुपमा चोरी तस्करी गर्ने गरेको स्थानीयहरू बताउँछन्।

यस विषयमा सव डिभिजन कार्यालय चोहर्वाका प्रमुख सत्य नारायण यादवसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १२ : २७ बजे

प्रतिनिधिसभा : आकस्मिक समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले सडक मार्गलाई सुरक्षित बनाउनुपर्नेदेखि रातो

सर्वोच्चमा नयाँ ट्विस्ट : प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको आदेश

काठमाडौं- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुनबमोजिम आएका रिट निवेदन

भरतपुरका सहरी क्षेत्रमा रहेका अव्यवस्थित तार हटाइँदै

चितवन– भरतपुर महानगरपालिकाभित्रका सहरी क्षेत्रमा रहेका विद्युत्का ‘पोल’हरुमा रहेका अव्यवस्थित

जङ्गली भ्याकुर खाँदा एकको मृत्यु

बलेवा–  निगुरो टिप्न जङ्गल गएकाहरूले ल्याएको भ्याकुर खाँदा पश्चिम बागलुङको बडिगाडमा

विश्वकप क्रिकेट लिग–२ : स्कटल्याण्डद्वारा नेपालसामू १९५ रनको लक्ष्य

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशी शृंखलामा नेपालले आज