सिराहामा वन कर्मचारीकै मिलेमतोमा काठ तस्करी | Khabarhub Khabarhub

सिराहामा वन कर्मचारीकै मिलेमतोमा काठ तस्करी


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सिराहा – सिराहामा सव-डिभिजन कार्यालयकै कर्मचारीको मिलेमतोमा काठ तस्करी हुने गरेको स्थानीयहरूले आरोप लगाएका छन्। जिल्लास्थितका डिभिजन वन कार्यालय लहान र मातहतका सव डिभिजन कार्यालय कर्मचारीको संलग्नतामा काठ तस्करी भइरहेको स्थानीयहरूले आरोप लगाएका हुन्।

डिभिजन वन कार्यालयको मातहतमा रहेको सव डिभिजन कार्यालयको कर्मचारीहरुकै मिलेमतोमा यस क्षेत्रबाट व्यापक रुपमा काठ तस्करी हुने गरेको स्थानीयहरू बताउँछन्। जिल्लाको गोलबजार नगरपालिका–३ जम्दहको चोरपानेबाट दुई ट्याक्टरभन्दा बढी अवैध रुपमा तस्करले फडानी गरी राखिएको अवस्थामा खयरको काठ बरामद गरेको वन कार्यालय लहानले जनाएको छ।

ईन्द्रेणी सेवा समाजद्वारा संरक्षित ऐलानी पर्ती जमिनमा लगाइएको खयरको रुख तस्करले कटान गरी लुकाएर राखेको अवस्थामा स्थानीयले जानकारी गराएपछि वनले काठ नियन्त्रणमा लिएको हो।यहाँका सामुदायिक वनको काठ सव डिभिजन वन कर्मचारीको सेटिङमै अवैध रुपमा फडानी गरी चोरी निकासी हुने गरेको स्थानीय आनन्द कुमार सुनाउँछन्।

उनले रुख फडानी भइरहेको विषयमा स्थानीयहरूले सव डिभिजन वन कार्यालयका कर्मचारीलाई पटक-पटक जानकारी गराउँदासमेत बेवास्ता गरेको गुनासो पोखे। काठ तस्करी रोक्न डिभिजन र सव डिभिजनका प्रमुखहरूलाई समेत जानकारी गराउँदा बेवास्ता गरेको उनको गुनासो छ।

‘काठ तस्करी र नियन्त्रणमा न वनको सक्रियता देखाएको छ न प्रहरीले नै,’ उनले थपे, ‘नियामक निकायकै मिलेमतोमा काठ तस्करी बढेको छ। वन फडानीबारे जानकारी गराउँदा वन कर्मचारी सुन्दैनन्। तस्करी भइरहेको जानकारी गराउँदा प्रहरी वास्ता गर्छन् न। वन र प्रहरीको मौनताले काठ तस्करीमा उनीहरुको सेटिङ प्रष्ट देखिन्छन्।’

खबर पाउना साथ डिभिजन वन कार्यालयको टोलीले शुक्रबार करिब ७० क्युविफिट काठ बरामद गरेको सिरहाका प्रमुख निमित्त डिभिजनले वन अधिकृत शैलेन्द्र कुमार मिश्रले जानकारी दिए। बरामद काठ ल्याउने काम भइसकेको र फडानी गर्नेको परिचय पनि छिटै खुलिने अधिकृत मिश्रले बताए। अनुसन्धानकै क्रममा रहेकाले तत्काल सबै कुरा भन्न नसक्ने वन कार्यालय प्रमुख मिश्रको भनाइ छ।

अवैध रुपमा काठ तस्करी गर्ने गोलबजार–३ कै दुःखी नामले परिचित ज्ञानकुमार साह रहेको एक स्थानीयले बताए। यसअघि पनि उनले खयरका रुख काटेको विषयमा स्थानीयस्तरमा सचेत गराए पनि एकपटक वन कार्यालयको मिलेमतोमा जंगलको काठ फडानी गरी अवैध रुपमा चोरी तस्करी गर्ने गरेको स्थानीयहरू बताउँछन्।

यस विषयमा सव डिभिजन कार्यालय चोहर्वाका प्रमुख सत्य नारायण यादवसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १२ : २७ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु