जापानी मेयरलाई नेपाली राष्ट्रियता झल्काउने सामग्री उपहार  « Khabarhub

जापानी मेयरलाई नेपाली राष्ट्रियता झल्काउने सामग्री उपहार 


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जापानको तोचिगी नगरका प्रमुख ओखावा हिदेकोलाई नेपाली मौलिक संस्कृति, पहिचान र राष्ट्रियता झल्काउने सामग्री उपहार स्वरुप हस्तान्तरण गरेका छन्।

मैत्रीपूर्ण भ्रमणका क्रममा जापान पुगेका मेयर भट्टराईले मेयर ओखावा हिदेकोलाई किरात समुदायको संस्कार संस्कृतिसँग सम्बन्धित वाबु (चिन्डो), चोयाबाट बनेको भुने, थुन्सेदेखि नेपालको हिमाल, बुद्धको मूर्ति, दुई देशको झण्डाअंकित लगायतका उपहार हस्तान्तरण गरेका हुन्।

मेयर भट्टराई र ओखावा हिदेकोबीच बिहीबार भेटघाट भएको हो। खोटाङका शैक्षिक अभियन्ता सूर्य राईले सामाजिक सञ्जालमा ‘मेयर भट्टराईले आफ्नो नगर र आफ्नो देशको मौलिक, सांस्कृतिक पहिचानजन्य सामग्री जापान पुर्‍याउनु गौरवको विषय भएको’ प्रतिक्रिया दिएका छन्।

मेयर भट्टराईले तोचिगी नगरका मेयर सामु ‘नेपाल र जापानको घनिष्ठ र मित्रवत् सम्बन्ध अमर बनाउन तोचिगी आएको’ बताएका थिए। भेटघाटका क्रममा मेयर भट्टराईले मेयर ओखावा हिदेकोलाई दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका भ्रमणका लागि निमन्त्रणा दिएका छन्। ‘जापानको सडक, शिक्षा, कृषि, फोहोर व्यवस्थापन र सरसफाइ, अतिथि सत्कारको संस्कृति, कामप्रतिको लगाव र कर्तव्य बोध गर्ने जापानी नागरिकको विषयमा जति बढेको र सुनेको थिएँ,’ मेयर भट्टराईले भने, ‘यहाँ आएर प्रत्यक्ष हेरेपछि मैले पढेको र सुनेको भन्दा अझ धेरै गुणा पाएँ।’ गत मंसिर ९ गतेको मन्त्रिस्तरीयनिर्णय अनुसार भट्टराई पुस २९ गते भ्रमणका लागि जापान गएका हुन्।

मेयर भट्टराईको स्वागतमा तोचिगी नगरको गेटदेखिभित्र नेपाल र जापानको राष्ट्रिय झन्डा लहरै राखिएको थियो। भट्टराई गेटबाट प्रवेश गरेलगत्तै दायाँ–बायाँ बसेका कर्मचारीले नेपाल र जापानको राष्ट्रिय झन्डा हल्लाउँदै स्वागत गरेका थिए। तोचिगी नगरले मेयर भट्टराईलाई दिइएको सम्मानले गौरवान्वित बनाएको आरआरएनए तोचिगी अध्यक्ष मन्दीप क्षेत्रीले बताएका छन्। तोचिगीमा १५ वर्षदेखि बसेर एसएमएस सञ्चालन गर्दैआएका महेश लुइँटेलले मेयर भट्टराईलाई दिइएको सम्मान यसअघि तोचिगीको सरकारी स्तरमा कहिल्यै नभएको प्रतिक्रिया दिएका छन्।

दुई नगरका प्रमुखबीचको भेटले दीर्घकालीन सम्बन्ध स्थापित गर्न कोसेढुंगा सावित हुने र भगिनी सम्बन्ध स्थापित हुने संकेत मिलेको शेर्पा ट्रेडलिंक कम्पनी जापानका अध्यक्ष निमा शेर्पाले बताए।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १२ : ४४ बजे

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।