प्रभु बैंकको सीईओमा पुनः शेरचन नियुक्त « Khabarhub

प्रभु बैंकको सीईओमा पुनः शेरचन नियुक्त


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन पुनः नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि शेरचनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि दुई कार्यकाल बैंकको सीईओ बनिसकेका शेरचन पुनः तेस्रो पटक नियुक्त भएका हुन् । सेन्चुरी बैंकलाई प्राप्ति गरेसँगै उनले तेस्रोपटक बैंकको सीईओ बन्ने अवसर पाएका हुन् ।

सन् १९९५ सालमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट बैंकिङ करिअर सुरु गरेका शेरचनसँग २७ वर्षको बैंकिङ अनुभव छ । उहाँ सन् २००७ मा प्रभु फाइनान्सको सीईओ बनेका थिए । तत्कालीन प्रभु फाइनान्स र प्रभु विकास बैंक मर्ज भएपछि बैंकको सीईओको जिम्मेवारी शेरचनले नै पाएका हुन् ।

जेनिथ फाइनान्स, गौरीशङ्कर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्तिपश्चात् पनि शेरचन नै बैंकको सीईओ भएका थिए । प्रभु विकास बैंकको सीईओ हुँदै प्रभु बैंकको सीईओ भएका हुन् । आगामी माघ १८ देखि उहाँले तेस्रो कार्यकाल सुरु गर्नेछन्

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १ : १९ बजे

चितवन निकुञ्जको ‘सेलिब्रेटी’ हात्ती रोनाल्डो मृत भेटियो, करेन्ट लागेको प्रारम्भिक आशंका

चितवन– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा चर्चित जंगली

संविधान दिवसमा रविले भने- ‘अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा

सीएनएनसहित तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिको गरी

नेपालगञ्जको सांस्कृतिक पहिचान बन्दै रामलीला

राँझा– नेपालगञ्जमा परम्परागत रुपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव

संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सामाजिक न्यायसहितको समतामूलक समाज