मनरासिस्वा नगरपालिकामा मदिरा प्रतिबन्ध | Khabarhub Khabarhub

मनरासिस्वा नगरपालिकामा मदिरा प्रतिबन्ध


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाले नगरक्षेत्रमा मदिरा प्रतिबन्ध लगाएको छ । नगरभित्र मदिरा उत्पादन, संकलन, भण्डारण तथा बिक्री वितरणमा रोक लगाइएको हो । 

मनरासिस्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीका अनुसार पालिकाका भारतीय सीमासँग जोडिएका वडा नं २, ३, ५, ८, ९ र १० को सम्पूर्ण क्षेत्रमा पूर्णरुपमा मदिरा उत्पादन, संकलन, भण्डारण तथा बिक्री वितरणमा रोक लगाइएको छ । उनका अनुसार वडा नं १, ४, ६ र ७ मा भने सार्वजनिक तथा सरकारी कार्यालय, शैक्षिक र स्वास्थ्य संस्था एवं मठ मन्दिरदेखि तीन सय मिटर क्षेत्रमा मदिरा रोक लगाइएको हो । 

नगरपालिकाले मदिरा प्रतिबन्ध लगाउनु अघि गत पुस ३० मा दशौँ नगरसभाबाट मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी ऐन, २०७९ पारित गरेको थियो । सोही ऐनको दफा ५ को उपदफा ६ बमोजिम नगरक्षेत्रभित्र तोकिएका छ वटा वडामा पूर्णरुपमा मन्दिरा बन्देज गरिएको हो भने चार वटा वडाको निर्धारित सीमाभन्दा बाहिर मात्रै मदिरा उत्पादन तथा बिक्री वितरण गर्न पाइनेछ । सामाजिक सदभाव, सु-स्वास्थ्य, आर्थिक हित तथा सम्भावित आपराधिक घटनालाई नियन्त्रण गर्ने उद्देश्यले मदिरा प्रतिबन्ध गरिएको नगरपालिकाको भनाइ छ । 

नगरपालिकाले जारी गरेको मदिरा सम्बन्धी ऐनमा उल्लेखित मापदण्ड अपनाउन मदिरा व्यवसायीलाई माघ ९ देखि १५ दिनको अल्टिमेटम दिएको छ । नियम विपरीत काम गर्नेलाई ऐनको दफा ११, १२ र १३ बमोजिम कानूनी कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत चौधरीले जानकारी दिए । 

 

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १ : ५५ बजे

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’