स्थानीय तहमा न्यायिक समिति निष्क्रिय हुँदा न्याय सम्पादनमा समस्या | Khabarhub Khabarhub

स्थानीय तहमा न्यायिक समिति निष्क्रिय हुँदा न्याय सम्पादनमा समस्या


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरी जिल्लाको स्थानीय तहमा न्यायिक समिति निष्क्रिय हुँदा न्याय सम्पादनमा समस्या भएको छ । जिल्लाको गाउँपालिका तथा नगरपालिकामा उपाध्यक्ष-उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समिति सक्रिय नहुँदा स्थानीयवासीले न्यायको अनुभूति गर्न नसकेको जलेश्वर नगरपालिका– २ का शिवचन्द्र चौधरीले गुनासो गरे ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको दोस्रो कार्यकालको नौ महिना बित्नलाग्दा पनि नागरिकले न्याय सम्पादन र विकास निर्माणका काममा सहजरुपमा सेवा नपाएको र  न्यायिक समितिले  पनि जिम्मेवारीपूर्वक काममा तदारुकता नदेखाउँदा समस्या भोग्नुपरेको मनरासिस्वा नगरपालिका– १ का रविन्द्र भगतले बताए । 

संविधानको धारा २१७ मा स्थानीय तहमा मुद्दा हेर्ने अधिकार गाउँ तथा नगरका उपाध्यक्ष-उपप्रमुखलाई तोकिए पनि सम्बद्ध पदाधिकारीले  प्रभावकारीरूपमा काम गर्न नसक्दा स्थानीय तहमा गठित न्यायिक समिति नाम मात्रको भएको पिपरा गाउँपालिका– ४ का भोगी कापरको भनाइ थियो ।

जिल्लाका १५ स्थानीय तहका न्यायिक समिति सक्रिय रहेको जिकिर गरिए पनि  सानातिना विवादमा पनि पीडितले न्याय खोज्न जाँदा न्यायिक समितिका पदाधिकारले पार्टीगत आधारमा निर्णय गर्ने गरेकाले पीडितहरूले त्यहाँ उजुरी नगर्ने गरेको जलेश्वर नगरपालिका– ८ का अगुवा मनोजकुमार साहले  आरोप लगाए भने  जलेश्वर नगरपालिका–२ का रमन चौधरीले पनि ‘सानातिना झगडा, घरेलु हिंसालगायतमा न्याय खोज्नुपर्ने बेला न्यायिक समितिका संयोजक नै नभेटिँदा समस्या हुने गरेको बताए । 

न्यायिक समितिका संयोजक र सदस्यलाई कानूनी क्षेत्राधिकार र कार्यविधिबारे अन्योल हुँदा थप समस्या भएको छ । समिति  निष्क्रिय भएपछि त्यस क्षेत्रमा विनियोजित बजेट खर्च पनि कागजी मिलान गरेर अनियमितता गर्दै आएको आरोप समेत लाग्दै आएको छ ।

 न्यायिक समितिले प्रभावकारीरूपमा कार्य सम्पादन गर्न नसक्दा  र सानातिना घरायसी विवादमा पनि प्रहरी नै लाग्नुपर्दा अन्य  आपराधिक क्रियाकलापको अनुसन्धानमा समेत असर परिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले बताए । 

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  २ : २७ बजे

गाजामा भएको इजरायली आक्रमणमा १९ जना प्यालेस्टिनीको मृत्यु

एजेन्सी – इजरायली सेनाले गाजा सहरमा एक परिवारको विरुद्धमा गाजापट्टीको

तराई–मधेसमा खानेपानी र सिँचाइका लागि काम गरिने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसमा खानेपानी र सिँचाइको अभाव

एमाले महासचिवको तर्क- लोकतन्त्र बलियो बनाउन विद्या भण्डारीलाई रोक्यौँ, सदस्यता स्वत: निष्क्रिय भइसक्यो

काठमाडौं- नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रिय

कसले गर्‍यो रेजर ब्लेडको अनौठो व्यापार ?

काठमाडौँ – नेपाल अधिकांश वस्तु आयात गरेर निर्वाह हुँदै आएको

जनकपुरधाममा सात वर्षपछि आन्तरिक लक्ष्यभन्दा बढी राजस्व

जनकपुरधाम– आन्तरिक राजस्व कार्यालय जनकपुरधामले सात वर्षपछि तोकिएको लक्ष्यभन्दा बढी