‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’ « Khabarhub

‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्रकुमार केसीले पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्ने बताएका छन् ।

नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको दोस्रो राष्ट्रिय महासङ्घको आज उद्घाटन गर्दै काठमाडौँ क्षेत्र नं १० का सांसदसमेत रहेका नेता केसीले साधारण चालकभन्दा पेट्रोलियम पदार्थ बोक्ने सवारी चालकको पेसा संवेदनशील र जोखिमपूर्ण भएकाले यस पेसाप्रति राज्य संवेदनशील बन्नुपर्ने बताए । ‘पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकलाई परेको अप्ठ्यारो सहज बनाउन आवश्यक विनियमावली निर्माणका लागि म सम्बन्धित निकायसँग छलफल गर्छु’, उनले भने।

नेपाल आयल निगमका कार्यकारी निर्देशक इञ्जिनियर उमेश थानीले मुलुकमा संकट परेको समयमा पेट्रोलियम ट्याङ्कर चालकले खेलेको भूमिका सराहनीय रहेको बताए। ‘म आयल निगमको कार्यकारी निर्देशक हुनुभन्दा पहिले पेसागत हक, हितका क्षेत्रमा लड्दै आएको व्यक्ति हुँ, चालकको समस्या समाधानका लागि म सकारात्मक छु’, उनले भने।

इन्टरनेशनल ट्रान्सपोर्ट बकर्स फेडेरेशन (आइटिएफ) बेलायतका महासचिव  ब्रदर स्टिफन कटनले कोरोना समयमा सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने श्रमिक घर गएर बस्न नसक्ने अवस्थामा पेट्रोलियम ट्याङ्कर चालकले खेलेको भूमिका अन्तर्राष्ट्रिय श्रमिक क्षेत्रले सकारात्मक रुपमा लिएको बताए । नेपालको श्रमिक क्षेत्रको समस्या आइटिएफमार्फत् अन्य देशमा समेत पुर्‍याउने उनको भनाइ छ ।

भारतको विहार ट्याङ्कर चालक, अपचालक युनियनका अध्यक्ष चन्द्रप्रकाश सिंहले भारतमा नेपाली पेट्रोलियम ट्याङ्कर चालकका थुप्रै समस्या रहेको भन्दै उक्त समस्या समाधानका लागि आफूले नेपाल पेट्रोलियम चालकसँग सहकार्य गरेर काम गर्दै आएको बताए । नेपाल ट्रेड युनियन काँग्रेसका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेत, उपाध्यक्ष अजयकुमार राई, महासचिव योगेन्द्रकुमार कुँवर, नेपाल पेट्रोलियम ढुवानी महासङ्घका महासचिव विश्व अर्याल, नेपाल पेट्रोलियम डिलर्स एशोसियशनका अध्यक्ष लीलेन्द्र प्रधान, नेपाल आयल निगमका निर्देशक इन्जिनियर बीरेन्द्र गोयल, नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष धर्म भण्डारीलगायतले श्रमिकको हक, अधिकारका लागि नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले खेलेको भूमिका सराहनीय रहेको बताए ।

विस २०७४ मा स्थापना भएको नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घमा हाल देशभर एक हजार चार सयभन्दा बढी चालक आबद्ध भएको सङ्घका अध्यक्ष ईश्वर लामाले जानकारी दिए । उनले श्रम ऐनले दिएको तलब भत्ता चालकलाई दिलाउनका लागि सङ्घले भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरे । 

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ३ : ५४ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन