बन्द भएका उद्योग सञ्चालन गरिने | Khabarhub Khabarhub

बन्द भएका उद्योग सञ्चालन गरिने


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले बन्द भएका उद्योग सञ्चालनको वातावरण बनाउने बताएका छन् । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले संयुक्तरुपमा आयोजना गरेको नेपाल उड इन्टरनेशनल एक्स्पो तथा नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर इन्टरनेशनल एक्स्पोको उद्घाटन गर्दै उनले विभिन्न कारणले बन्द हुन पुगेका सरकारी तथा निजी उद्योग सञ्चालनका लागि सरकारले आवश्यक वातावरण बनाउने बताएका हुन् ।

नेपालमा लगानीको वातावरण बनाउन सरकारका तर्फबाट गर्नुपर्ने नीतिगत सुधार गर्नुपर्नेमा जोड दिँदै उनले उद्योगी व्यवसायीका समस्या सुनेरै समस्या समाधान गरिने उल्लेख गरे । मन्त्री भण्डारीले विदेशी लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।

उनले विभिन्न कारणले नेपाली उद्योग निरुत्साहित भइरहेकाले ती उद्योगको संरक्षणका लागि सरकारले स्वदेशमा उत्पादित वस्तुको निर्यात गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाए । उनले भने , ‘मुलुकमा उद्योग व्यवसायको स्थिति खस्किनुको कारण पहिचान गरी समस्या समाधानको खोजी गर्छौं, सहजरूपमा लगानी गर्ने वातावरण बनाउँछौँ ।’

उनले अन्तर्राष्ट्रिय बजारको आधुनिक प्रविधि भित्र्याएर नेपाली उद्योगको उत्पादन बढाउनुपर्नेमा जोड दिए । आजदेखि यही माघ १५ गतेसम्म सञ्चालन हुने एक्सपोमा विभिन्न देशका एक सयभन्दा बढी ख्यातिप्राप्त ब्राण्डका प्रदर्शनी कक्ष तथा यस क्षेत्रमा कार्यरत व्यवसायी एवं संस्थाको सहभागिता रहेको छ ।

एक्सपोमा फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सबडिलर र बिक्रेताले काठ व्यवसायसँग सम्बन्धित उत्पादनका बारेमा जानकारी गराउने जनाइएको छ । यस एक्सपोले नेपालमा हाल भइरहेको काठ र फर्निचर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुग्ने बताइएको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ४ : ०२ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको