रवि पदमुक्त भएपछि चितवन–२ मा उपनिर्वाचन हुने | Khabarhub Khabarhub

रवि पदमुक्त भएपछि चितवन–२ मा उपनिर्वाचन हुने


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ । उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भई पदमुक्त भएपछि उपनिर्वाचन हुने भएको हो ।

अब निर्वाचन आयोगले सरकारसँगको छलफलपछि कानुनबमोजिम उपनिर्वाचन घोषणा गर्नेछ । चितवन–२ बाट निर्वाचित भएका लामिछाने उपप्रधान तथा गृहमन्त्रीसमेत बनेका थिए । सर्वोच्च अदालतले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिइसकेको, तर स्वदेश फिर्ता भएपछि नागरिकता कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै उनी सांसद हुन योग्य नभएको फैसला सुनाएको थियो । उक्त फैसलासँगै रवि गृहमन्त्री, सांसद र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिबाट पदमुक्त भएका थिए ।

लामिछानेले चितवन–२ मा नेपाली कांग्रेसका नेता मेश श्रेष्ठ र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई पराजित गरेका थिए ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ८ : २६ बजे

ट्यारिफ युद्धविरामको भोलिपल्ट सीको सार्वजनिक वक्तव्य : धम्की र प्रभुत्ववादले एक्लोपन निम्त्याउँछ

काठमाडौं – संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार युद्धमा करसम्बन्धी

समाजमा भ्रम फैलाउने छुट कसैलाई छैन : सञ्चारमन्त्री 

सुर्खेत– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक